दाङमा बस दुर्घटना : एकको मृत्यु, ३२ घाइते

मुख्य समाचार

दाङ : घोराही उपमहानगरपालिका १३ बगालेमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको बस दुर्घटनामा बसका सहचालक हर्कबहादुर पुन को मृत्यु भएको हो। दुर्घटनामा अन्य ३२ जना घाइते भएका छन्।

सोमबार दिउँसो भएको दुर्घटनामा रोल्पा रुम्टीगढी गाउँपालिका ७ निवासी २३ वर्षीय पुनको मुत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा रोल्पा जौलीपोखरी ५५ वर्षीय सम्पुरा डाँगी, तुलसीपुर उपमहानगरपालिका ९ निवासी रथा घर्ती, रोल्पा माडीगाउँपालिका ३ निवासी इन्द्रबहादुर घर्ती गम्भीर घाइतेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। गम्भीर घाइतेलाई कोहलपुर रिफर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *