नक्कली सुन देखाएर ठग्ने गिरोह पक्राउ

मुख्य समाचार

काठमाडौं : प्रहरीले नक्कली सुन देखाएर ठगी गर्ने संगठित गिरोह पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोंगबुबाट पक्राउ गरेका उनीहरूबाट २ वटा नक्कली सुनको डल्ला र हजार दरका ५ वटा नक्कली नोट बरामद गरेको छ।

सीआईबीका प्रवक्ता एसपी सुदीप गिरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका मसा तामाङ, बुद्धिमान तामाङ, राउसिंह तामाङ, मंगले तामाङ, गोरखा हंसपुरका कुशल अधिकारी र गोविन्द पोखरेल छन्।

यो समूहले नक्कली सुन देखाएर ठग्दै आएको प्रहरीको दाबी छ। उनीहरूबाट बरामद नक्कली नोट कलर प्रिन्टरबाट छापिएको जानकारी गिरीले दिए। ‘संगठित भएर ठगी गर्ने यो गिरोहले धेरैलाई ठगेको हाम्रो आशंका छ, अनुसन्धान गर्दैछौं।’ ठगी गरेपछि गिरोहले मोबाइल स्विच अफ गरी सिम फेर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *