चन्द्रगढी सामुदायिक वनमा भिषण आगलागी, अझै नियन्त्रणमा आएन

मुख्य समाचार

झापा : झापाको भद्रपुर–१० मा रहेको चन्द्रगढी सामुदायिक वनमा भिषण आगलागी भएको छ । करिब साडे सात बजेबाट लागेको आगो वनको १० विघा क्षेत्रफलमा फैलिएको छ ।

अचानक फैलिएको आगो हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या देखिएको छ । हावाहुरी चलेको र आगोले ठुलो रुप लिएकाले दमकलको सहायतामा पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगो नियन्त्रणका लागि सयौं स्थानीय बासिन्दा पनि जुटेका छन् । साथै सेना पनि खटिएको छ । बस्ती र सामुदायीक वनबीचको क्षेत्रमा चिया बगान रहेकाले बस्तीमा आगो पुग्ने सम्भावना भने कमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *