कालिकोट । विप्लव समुहका कार्यकर्ता खोज्दै गाँउ गाँउमा हिँडेको जिल्ला प्रहरीको टोलिले गाँउमा रहेका अफिम खेतिनष्ट गर्न सुरु गरेको छ । नेत्रविक्रम चन्द विप्लव समुहको अखडा रहेको कालिकोट जिल्लामा सुरक्षामा चुनौति रहेको भन्दै एक हप्ता अघिदेखि सुरक्षा व्यवस्था कडा पारि गाँउ गाँउमा विप्लवको नेता तथा कार्यकर्तालाइ गिरप्तार गर्न प्रहरिको टोलि खटाएको छ ।
प्रहरीले गाँउमा विप्लवका कार्यकर्ता नभेटेपछि गाँउमा लगाइएको अफिम खेति नष्ट गदै हिँडिरहेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लालाई लागूऔषध उत्पादन ओसार पसार तथा सेवन मुक्त जिल्ला बनाउने अभियान अन्तर्गत अबैध अफिमहरु नष्ट गदै हिँडेको प्रहरि प्रमुख विनोद शर्माले बताए ।
जिल्लाको खाडाचक्र नगरपालिका वडा नं. २ का विभिन्न क्षेत्रहरु, मान्म पञ्चदेवल, गैरागाउ भन्ने स्थानमा जम्मा २ रोपनि क्षेत्रफलमा लगाईएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पहरी निरीक्षक देवेन्द मल्लले जानकारि दिए।
नामथर नखुलेका ब्यक्तिहरुले अवैध रुपमा लगाएको लागू औषध अफिम नष्ट गरिएको र अन्य उत्पादन हुन सक्ने क्षेत्रहरुको पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।