टोयोटा बनाउँदैछ चन्द्रमामा चल्ने स्वचालित कार

मुख्य समाचार

टोकियो – जापानकै ठूलो कार कम्पनी टोयोटाले चन्द्रमामा चल्ने कार बनाइरहेको छ । यो कारलाई जक्सा लुनार रोभर नाम दिइएको छ ।
६ पांग्रा भएको यो स्वचालित कारमा १ मानिसका लागि सीटको व्यवस्था गरिएको छ । यो कार १० हजार किलोमिटरसम्म गुड्न सक्छ । टोयोटाले यो कार जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीका लागि तयार पार्न लागेको हो । एजेन्सीले यसलाई सन् २०२९ मा चन्द्रमामा लैजाने योजना बनाएको छ । यो रोभरलाई अन्तरिक्ष यात्री भन्दा पहिले नै चन्द्रमामा पठाइने छ ।

यो कार पुगेपछि मात्रै अन्तरिक्ष यात्री चन्द्रमामा ओर्लने एजेन्सीले जनाएको छ । यो कार आफैं चलेर अन्तरिक्ष यात्रीसम्म पुग्नेछ ।
टोयोटाका यो जक्सा लुनार रोभर ६ मिटर लामो हुनेछ । यो स्वचालित कारको भित्रपट्टी १३ वर्गमिटरको क्षेत्रफल हुनेछ । वैज्ञानिकले आफ्नो अन्तरिक्ष सूट फुकालेर यसमा बस्न सक्ने छन् । यो ब्याट्रिबाट चल्ने छ । ब्याट्रि पनि सौर्य उर्जाबाट चार्ज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *