काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ

मुख्य समाचार

काठमाडौं : काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ भएको छ। मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो।

ललितपुरको नख्खुमा फागुन १० गते भएको बम विस्फोटको अनुसन्धानका क्रममा काभ्रे पुगेको अपराध महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो।

अपराध महाशाखाका एसपी केदार ढकालका अनुसार मोबाइल टावरका आधारमा विप्लव कार्यकर्ता खोज्दै गएको प्रहरी टोलीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो।

विस्फोटमा संलग्न समूह काभ्रेमा रहेको देखिएपछि काठमाडौंबाट प्रहरी टोली काभ्रे पुगेको थियो। एसपी ढकालका अनुसार काभ्रेको रोशी गाउँपालिकामा गोली चलेको हो। घटनाको थप विवरण भने आउन सकेको छैन।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका कार्यकर्तामाथि निगरानी बढाएको छ। फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *