नेपाली सेनाको हाईयर कमाण्ड प्रशिक्षण सुरु

मुख्य समाचार

काठमाडौं : नेपाली सैनिक वार कलेजमा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट प्रशिक्षणको छैटांै सिरिज मंगलबारबाट आरम्भ भएको छ।

बलाधिकृत रथी हेमन्तराज कुँवरले नगरकोटस्थित कलेजमा प्रशिक्षणको आरम्भ गरेका हुन्। प्रशिक्षणमा २५ महासेनानी सहभागी छन्।

प्रशिक्षणले नेपाली सेनाको विभिन्न तहमा मात्र नभई बहुराष्ट्रिय वातावरणमा समेत कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने कुँवरले बताए।

जेष्ठ अधिकृत तयार पार्न र विषम परिस्थितिको मूल्यांकन गरी जटिल अपरेशनल वातावरणमा समेत प्रभावकारी निर्णय हासिल गर्नका लागि यो प्रशिक्षण आवश्यक रहेको कुँवरको भनाइ छ।

राष्ट्रिय सुरक्षाको दृष्टिकोण, सुरक्षा चुनौतिको विश्लेषण, पेशागत चुस्तताको साथमा उच्च सैनिक संस्कार र मान्यताको थप विकासका लागि यस्ता प्रशिक्षण आवश्यक हुन्छ।

प्रशिक्षणमा विदेशी पनि सहभागी हुने गर्दछन्। उक्त समारोहमा नेपाली सेनाका बहालवाला रथी तथा अधिकृतको उपस्थिति रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *