काभ्रे गोली हानाहानपछि विप्लव नेतृत्वका चार कार्यकर्ता पक्राउ

मुख्य समाचार

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको चार कार्यकर्तालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले उनीहरूलाई काभ्रेबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा केही नख्खु विस्फोटमा संलग्न व्यक्ति पनि छन् । ललितपुर नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयअगाडि सडकमा केही समयअघि बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो । दुई जना गम्भीर घाइते भएका थिए ।

सो घटनाको अनुसन्धानका क्रममा काभ्रे गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीमाथि नेकपाका कार्यकताले रोशी गाउँपालिका १ काफलडाँडामा गोली चलाएको र त्यसपछि दोहोरो फायरिङ भएको प्रहरीको दाबी छ ।

काभ्रे गोली हानाहान र नेता कार्यक्रर्ता पक्राउबारे विप्लव समूहले केही बोलेको छैन । सरकारले २८ फागुनदेखि विप्लव नेकपालाई प्रतिबन्ध लगाउँदै सो पार्टीका नेता कार्यकर्तालाई भेट्नेबित्तिकै पक्राउ गर्ने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *