काठमाडौं बम विष्फोटमा संलग्न आराेपित चार जना पक्राउ

मुख्य समाचार

काठमाडौं : फागुन १० गते बेलुका नख्खुस्थित एनसेल कार्यालय अगाडि र सोही दिन साँझ काठमाडौंकै कमलपोखरी लोत्सेचोकको आगन मिठाई पसलमा बम विष्फोट गर्ने कार्यमा संलग्न आराेपित थप चार व्यक्ति पक्राउ परेका छन्।

घटनामा संलग्न ३० वर्षीय नुम बहादुर बि‌क र ३१ वर्षीय डिकेन्द्र राईलाई प्रहरीको विशेष टोलीले मंगलबार बेलुका काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

३३ वर्षीय शिव धिमाल र ३३ वर्षीय विशाल तामाङलाई भने प्रहरीले काभ्रे जिल्लाको रोसी गाउपालिका २ काफलडाँडाबाट मंगलबार साँझ पक्राउ गरेको हो ।

नख्खुमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । कमलपोखरीमा भएको बम बिष्फोटनमा तीनजना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *