सडक उद्घाटन गर्न डेढ दर्जन नेता बाजुरामा

मुख्य समाचार

बाजुरा । कर्णाली करिडोर अन्र्तगत बाजुरा खण्डमा विहिवार यातायात सञ्चालनको उद्घाटन गरिने भए पछि सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन प्रकाश बहादुर शाह सहित बाजुराका नेताहरु यति बेला बाजुरा पुगेका छन ।

बाजुरा जिल्लाको महत्वपूर्ण मार्गका रुपमा रहेको कर्णाली करिडोर खण्ड अन्र्तगतको ३५ किलोमिटर सडक खण्डको जगन्नाथको लैफू देखि हिमाली गाउँपालिकाको लेब्डी सम्मको यातायात सञ्चालन गरिने भए पछि नेताहरु यति बेला बाजुरा पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

कर्णाली करिडोरको सो सडक खण्डमा यातायात सञ्चालन गर्ने कार्यक्रममा सहभागी लिन यति बेला सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, प्रतिनिधि सभाका सदस्य लालबहादुर थापा बाजुरा आइपुगेका छन् त्यस्तै राष्ट्रिय सभाका सदश्य बद्रीप्रसाद पाण्डे, सुदुरपश्चिम प्रदेशका प्रदेश सांसद बलदेव रेग्मी, नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णवहादुर थापा, पूर्वभुमिसुधार सहायक मन्त्री जनकराज गिरी, युवा संघका केन्द्रिय सचिव नरेश कुमार शाही, पूर्व सांसद हिक्मत जंग शाही लगायतका नेताहरु बाजुरा पुगेका हुन ।

नेताहरु संगै जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्रकुमार रोकाया, विभिन्न नगरपालिका र गाउँपालिका प्रमुखहरु लगायत जनप्रतिनिधिहरु, बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बराल लगायत कर्मचारीहरु पनि सो कार्यक्रममा भाग लिन यति बेला कोल्टी क्षेत्र केन्द्रित भएपछि अहिले कोल्टी क्षेत्रमा मानवीय चहलपलह बाग्लीएको छ ।
जगन्नाथ गाउँपालिकाको पिलुचौरमा जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउपालिकाको संयुक्त आयोजनामा विहिवार पिलुचौरमा एक कार्यक्रमको आयोजना गरि सडकको सुभारम्भ गरिने जगन्नाथ गाउपालिका वडा नं तीनका अध्यक्ष डम्वर शाहीले बताए । उनले कालीकोटका प्रमुख जिल्ला अधिकारी विहिवार पिलुचौर आइपुग्ने जानकारी आएको बताए ।

कर्णाली करिडोर सडकको बाजुरा खण्डमा विहिवार देखि यातायात सञ्चालनमा ल्याइने भएपछि जनतामा पनि उत्साह छाएको छ । बाजुरा संगै हुम्ला र मुगुका नागरिक समेतले सडक यातायातको उपयोग गर्न पाउने छन । कर्णाली करिडोरको निमार्ण कार्य हाल नेपाली सेनाले गरिरहेको छ । कुल २८५ किलोमिटर कर्णाली करिडोरको बाजुरामा ४३.५ किलोमिटर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *