काठमाडौं : बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। सिटी सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले चलचित्र क्याप्टेन हेरेका हुन्।
नेकपा अध्यक्षसमेत रहेका ओली बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेललगायत नेताका साथमा सिटी सेन्टर पुगेका हुन्।
चलचित्र ‘क्याप्टेन’ अनमोल केसीको हो। दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोलको साथमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली भुवन केसीको विशेष आग्रहमा फिल्म हेर्न हलमा पुगेका हुन् । फुटबलको विषयवस्तु समेटिएको चलचित्रलाई युवा पुस्ताले रुचाएका छन् ।