दर्शकमाथि दीपकराज गिरी एन्ड कम्पनीको जोक

मुख्य समाचार

त्यसै पनि ‘छक्कापञ्जा’ फिल्मको सिरिजलाई फिल्म कम, जोक्स संकलन ज्यादा मानिन्छ। चारतिरबाट जम्मा भएका जोकमा हास्य कलाकार सकी नसकी कमेडी गर्छन्। तैपनि, दर्शक हेर्न जान्छन्, ताज्जुब छँदै छ।

तर, त्योभन्दा पनि ताज्जुबको कुरा के छ भने दीपकराज गिरी एन्ड कम्पनी आफ्ना यी फिल्मलाई उत्कृष्ट ठान्छन्। उनीहरूमा भएको यो भ्रम देखिन्छ, अवार्ड समारोहमा। जब आफ्नो फिल्मले अवार्ड पाउँदैन, समूह नै अवार्ड बहिष्कार गर्छ।

दीपकराज गिरी एन्ड कम्पनीको यो भ्रम फेरि एक पटक देखिएको छ, पर्दामा फेरि फिल्म रिलिज गर्ने घोषणाले। फिल्मका कलाकार तथा निर्माता गिरीले दर्शक र फिल्मकर्मीले माग गरेको भन्दै फिल्म वैशाख १३ गते रिलिज गर्न लागेको बताएका छन्।

दर्शकले फिल्म हेर्न खोजेकोसम्म बुझिन्छ तर कुन फिल्मकर्मी ‘छक्कापञ्जा २’ हेर्न नपाएर तड्पेको छ, बुझिनसक्नु छ। न भयंकर राम्रो फिल्म, न कुनै विशेष अवसर। बेला न कुबेला फिल्म रिलिज गर्ने निर्णय दीपकको दम्भबाहेक केही पनि होइन। यति धेरै पनि नमात्तिने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *