पूर्वएसपी विष्टसँग अदालतद्वारा साढे १० लाख धरौटी माग

मुख्य समाचार

निर्मला हत्या प्रकरणमा छानबिनको क्रममा प्रमाण नष्ट गरेको आरोपमा बर्खास्तमा परेका कञ्चनपुरका एसपी डिल्ली विष्टलाई जिल्ला अदालत कञ्चनपुरले साँढे १० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

निर्मलाको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका दिलिपसिंह बिष्टलाई एसपी बिष्टले हिरासतमा यातना दिएको भन्दै परेको मुद्दामा ६ लाख रुपैयाँ र बलात्कार र हत्या हुँदाको प्रमाण नष्ट गरेको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले साढे ४ लाख धरौटी माग गरिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले आइतबार दुवै मुद्दामा छुट्टाटुट्टै धरौटी रकम मागेको हो। विष्टलाई साढे १० लाख बुझाएर तारेखमा छोड्न र नबुझाए थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको स्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *