प्रहरी कार्यालयमै एसईई : गेस पेपर सार्ने ‘छुट’ !

मुख्य समाचार

गोरखा : गोरखामा दुईजनाले प्रहरी कार्यालय भित्रबाटै एसईई परीक्षा दिएका छन्। गोरखा नगरपालिका ६ महेन्द्र ज्योतिमा अध्ययन गर्ने गोरखा नगरपालिका ५ का डम्बरबहादुर गुरुङ र गोरखा नगरपालिका ६ पोखराथोकका सुरेश सिर्मलले दुईदिनको परीक्षा प्रहरी कार्यालयबाटै दिएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए।

सिर्मल जबर्जस्ती करणीको मुद्दामा गत माघ महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। गुरुङ भने फागु पुर्णिमामा ढुङ्गामुढा गरेको अभियोगमा सार्वजनिक हित विरुद्धको मुद्धामा हिरासतमा रहेको डिएसपी नेपालले जानकारी दिए।

प्रहरी कार्यालयमै परीक्षा दिँँदा गेस पेपर सारेको विषय आफूलाई जानकारी नभएको डीएसपी नेपालले बताए। गेस पेपर सारेको प्रमाण देखाएपछि भने उनले कारबाही हुने बताए।

‘हामीले विश्वास गरेर जिम्मेवारी तोकेका हुन्छौँ । उनीहरुले यस्तो गर्लान् भन्ने अनुमान पनि गरेका थिएनौँ’, डिएसपी नेपालले भने, ‘अब कारबाही हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *