इटहरीमा पैसा नभएको बैकको चेक दिदैं ठगी धन्दा

मुख्य समाचार

सुनसरी । तपाईले कुनै व्यक्ति वा संस्थाबाट असुल गर्ने रकम चेकबाट संकलन गर्दै हुन्छ र पटक पटक खातामा पैसा नभएको बैंकको जवाफले हैरान हुनुहुन्छ भने चनाखो बन्नुस् । पछिल्लो समय चेकबाट ठगी धन्दा गर्नेहरु बढेका छन् । चेक मार्फत लाखौ रुपैयाँ ठगी गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरीको चाँङ लाग्न थालेको छ ।

खातामा पैसा नभएको अवस्थामा चेक काट्दै सर्वसाधरण ठग्ने गरेका छन । पछिल्लो समयमा चेक बाउन्सको घट्ना इटहरी आसपासमा अत्याधिक भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । उनले भने –‘इटहरीमा अहिले समस्यामा रुपमा चेक वाउन्स धन्दा मौल्याएको छ । पछिल्लो दुई महिनामा चेक वाउन्समा ८ जनालाई मुद्धा दायर गरेका छौ ।’

रकम भुक्तानीका लागि आउने तिब्र दवाबका कारण जानेर नै बाउन्स चेक दिएर थमथमाउने प्रयास बढ्दो छ । चेक बाउन्समा पक्राउ पर्नेहरुमा इटहरी–८ का सरोज वुढाथोकीले ८ लाख २० हजार बैकिङ कसुर ठगीमा इलाका प्रहरी कार्यलय इटहरीले मुद्धा दायर गरेको थियो । त्यस्तै रुपेशकुमार चौधरीले १ लाख ४७ वाउन्स गरेको भन्दै मुद्धा दायर भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले १ लाख ६० हजार चेक बाउन्स गरेको भन्दै इन्द्रप्रसाद ढुङ्गेल, इटहरी १६ का चन्द्रनारायाण चौधरीले ३ लाख रुपैयाँ वाउन्स भएको मुद्धा दर्ता गरेको हो । त्यस्तै डलबहादुर राईले १२ लाख ९० हजारको चेक बाउन्स भएको प्रहरीले जनाएको छ । भुवनबहादुर कटुवालले ३२ लाखको चेक दिए पनि पैसा नभएको भन्दै वाउन्स गरेको कारण मुद्धा दर्ता भएको इन्स्पेक्टर चौलागाईले जनाए ।
इटहरी ५ की सञ्जु बस्नेतले पनि १८ लाख १६ हजार ठगी गरेको भन्दै बाउन्स चेकमा मुद्धा चलेको प्रहरीले जनाएको छ । इटहरीकै मेनुका क्षेत्रीले पनि ५ लाख रुपैयाको चेक नसाटिए पछि बाउन्स भएर मुद्धा दायर भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । धेरै जसो सर्वसाधरण चेक नसाटिएको भन्दै इलाका प्रहरी कार्यलयमा आउँने गरेको प्रहरी बताउँछ ।
इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी समिरचन्द्र खरेलले सर्वसाधरणहरु कारोबारमा ठगी गरेको भन्दै उजुरी लिएर उल्लेखनीय मात्रामा आउँने बताए । उनले भने इटहरीमा ठगी गरीमा परेको र वाउन्स चेक गराएर न्याय माग्न प्रहरी कार्यलयमा आउँने गरेका छन । पैसा नभएको खाताको चेक काट्नेलाई बैंकिङ कसुर गरेको प्रमाणित गदै प्रहरी कार्यलयमा आउँनेहरुको संख्या बढ्दो रहेको उनको भनाई थियो ।

ठगी गर्ने कोइराला पक्राउ
ओरियन्स ग्लोबल नेटवर्क मार्के्टिङ नामक कम्पनीको इटहरीमा अवैधानिक रुपमा कार्यालय सञ्चालन गरी करोडौँ रुपैँया भन्दा बढीको ठगी कारोबार गर्दै आएका इटहरी ८ बस्ने रोहित कोइराला आइतबार प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्यसम्बन्धी उत्पादन भन्दै ठगी गरेर सर्वसाधारणसँग लाखौँ रुपैया लिने गरेको थियो ।
आफुहरुलाई पनि ठगी गरेको भन्दै इटहरी र झापाका ५ जनाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इटहरीका प्रहरीले जनाएको छ । उनले ५ जनाबाट एक लाख ९५ हजारको दरले १७ लाख रुपैया ठगी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको हो । कोइराला यस अघि पनि यही मुद्धामा झुम्का कारागारमा बसी घरौटीमा रिहा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *