पढ्न छोडेर ‘वी वान्ट जस्टिस’ नारा लगाउँदै विद्यार्थी सडकमा

मुख्य समाचार

सिमरा: एसईई परीक्षा रद्द भएपछि आक्रोशित विधार्थीले बाराको सिमरा र कलैयामा प्रदर्शन गरेका छन्।दुई दिनदेखि परीक्षा स्थगित भएपछि विद्यार्थीले सडक अवरुद्द पार्दै प्रदर्शन गरेका हुन्।

कलैयमा विद्यार्थीले शुक्रबार बिहान प्रदर्शन गरेका थिए।विद्यार्थीले अवरुद्द पारेको सडक प्रहरीले खुलाएको थियो।यसैगरी सिमरामा पनि दिउँसो विभिन्न विद्यालयका विद्यार्थीले प्रदर्शन गरेका छन्।सिमरा चोकमा नारा लगाउँदै विद्यार्थीले सडक अवरुद्ध पारेका थिए।

विद्यार्थीले ‘वी वान्ट जस्टिस’ भन्दै नारा लगाएका थिए।विद्यार्थीले अवरुद्ध पारेको सडक नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलाएका थिए।विद्यार्थी प्रदर्शनमा उत्रिएपछि सिमरा चोकमा प्रहरी परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *