बारामा आक्रोशित विद्यार्थीको घेरामा प्रहरी कार्यालय, स्थिति नियन्त्रणबाहिर

मुख्य समाचार

अश्रुग्यास प्रहार र हवाई फायर
बारा : प्रदेश २ मा एसईई परीक्षा स्थगीत भएको विरोधमा बाराको जितपुरमा विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । आक्रोशति विद्यार्थीको प्रदर्शन नियन्त्रण बाहिर रहेको छ । विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा गरिरहेका छन् ।


प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रहरीको प्रयास सफल हुन सकेको छैन् । एसईई परीक्षा स्थगीत भएको विरोधमा शनिबार बिहान विद्यार्थीहरु सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाई सडक खोल्ने प्रयास गरेपछि झडप सुरु भएको हो ।


स्थिति नियन्त्रणबाहिर जान थालेपछि जितपुर–सिमारा उपमहानगर पालिकाका मेयर डा कृष्ण पौडेलले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी समस्या समाधानको प्रयास गरिरहेको जानकारी दिएका छन् । दुई घण्टादेखि निरन्तर झडप भइरहेको छ । झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र एक प्रहरी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *