पुदिनाका फाइदैफाइदा

मुख्य समाचार

पुदिनाको प्रयोग कुनै न कुनै रूपमा विश्वभरि हुने गरेको पाइन्छ। नेपाल तथा दक्षिण एसियाली मुलुकमा यसको प्रयोग अनेक परिकारमा मिलाएर गरिन्छ। पुदिना आफैंमा लोकप्रिय जडीबुटी हो।

पुदिनालाई विभिन्न स्वादको परिकार बनाई खाने गरिन्छ नै। कतिपयले यसलाई जुस, चिया तथा अचारका रूपमा पनि प्रयोग गर्ने गरेको देखिन्छ। यो जडीबुटीको अचार तथा जुस जाडोको तुलनामा गर्मीमा बढी खाने गरेको देखिन्छ। चर्को गर्मीका बेला पुदिनालाई मिर्सी तथा पानीमा भिजाएर जुसका रूपमा पिउने गरेको पनि पाइन्छ। पछिल्लो समय मासु, अचार तथा तरकारीको परिकारमा पनि यसको प्रयोग गर्ने चलन बढेको छ। सबैले रुचाउने पुदिनाका फाइदा यसप्रकार छन् ः

– तपाईंको पेट भारी भएको छ भने पाचन प्रणालीको द्वारलाई नरम बनाइदिन्छ र आमशयलाई हल्का बनाइदिन्छ।

– पुदिनाको चिया पिउनाले पेटको पुरानो समस्या हट्नुका साथै मुखको घाउ निको हुने तथा छालामा निखार आउँछ।

– पुदिना जुसले छालालाई शीतल राखेर छालामा स्फूर्ति तथा ताजगी ल्याउँछ।

– पुदिनाको सेवनले शरीरमा रहेको विषाक्त पदार्थ पनि बाहिर निकाल्छ।

– पुदिनाको पातले दाँत माझे मुखको गन्ध हट्नुका साथै दाँत चम्किन्छ।

– रगत सफा गर्नमा पुदिनाको ठूलो भूमिका हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *