हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीसहित ४ मन्त्री जाँदै

मुख्य समाचार

काठमाण्डौ – भीषण हावाहुरीका कारण प्रभावित बारा, पर्सामा स्थलगत निरीक्षणका लागि प्रधानमन्त्रीसहित संघीय सरकारका ४ जना मन्त्रीहरु जानुहुने भएको छ ।

घाइते तथा मृतकका परिवारलाई भेट्न तथा त्यहाँको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ जान लाग्नुभएको हो ।
काठमाण्डौबाट मन्त्रीहरुसहित जाने नेपाली सेनाको स्काई ट्रक प्रधानमन्त्री ओलीलाई लिन उहाँको गृहनगर झापा पुग्ने र त्याहाँबाट बारामा जाने कार्यक्रम छ ।

सिमरामा रहेको स्काई ट्रकले ६ जना घाईतेको थप उपचारका लागि काठमाण्डौ ल्याएको र त्यही स्काई ट्रकमा मन्त्रीहरु जान लाग्नुभएको हो ।
घाइते ६ जनाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *