हावाहुरीको वितण्डा : मृतकको संख्या ३५ पुग्यो, ५०० बढी घाइते, उद्धार जारी

मुख्य समाचार

वीरगञ्ज । आइतबार राति आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा गरी ३५ जनाको मृत्यु भएको छ । बारामा ३४ र पर्सामा एक जनाको मृत्यु भएको हो । हावाहुरीबाट रौतहटमा गरी ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बाराको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।
तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको हो । आधा दर्जन बढी गाउँका अधिकांश घर भत्किएका छन् । पर्सामा पनि केही गाउँमा क्षति पुगेको छ ।
अहिले उद्धारकार्य जारी रहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *