काठमाडौ : बारा र पर्साका हावाहुरी पीडितलाई एक चिनियाँ व्यवसायीले जिन्सी तथा नगद सहयोग गरेकी छिन् । नेपालमा व्यवसाय गर्दै आएकी चिनिया नागरिक मिस लि युआनले ८ लाख रुपैयाँ बराबरको जिन्सी र ३० हजार रुपैयाँ नगद सहयोग गरेकी हुन ।
युवा संघ नेपालका विपद् व्यवस्थापन उपप्रमुख हरिशदेव गौतमको सक्रियता र पहलमा चिनियाँ व्यवसायी युआनले बारा र पर्साका पीडित परिवारलाई सहयोग गरेकी हुन । युवा संघ नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा चिनियाँ व्यवसायी युआनले संगठनका अध्यक्ष रमेश पौडेललाई उक्त सहयोग हस्तान्तरण गरेकी हुन ।
चिनियाँ व्यवसायी युआनले पीडित परिवारलाई थोरै भए पनि राहत पुगोस् भनेर आफुले सहयोग गरेको बताइन । युवा संघका अध्यक्ष पौडेलले उनले गरेको सहयोग छिट्टै पीडित परिवार समक्ष पुर्याइने बताए ।