बारा-पर्सामा हावाहुरी: अस्थायी टहरा निर्माण थाल्यो सेनाले

मुख्य समाचार

बारा (फेटा) – हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि स्थायी टहरा निर्माण सुरु गरेको छ। फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो।

आँधीका कारण घरविहीन बनेका पीडितका लागि अस्थायी बसोबास गर्न टहरा निर्माण सुरु गरिएको नेपाली सेनाका मेजर चिरञ्जीवी बोहोराले जानकारी दिए। ‘अहिले भत्किएका संरचना हटाएर टहरा निर्माण गर्न सुरु गरिरहेका छौं। पीडितलाई ओत लाग्ने ठाउँसम्म छैन’, उनले भने, ‘हामीले बिहानैदेखि जग्गा छनोट गरेर सम्याउने काम गरिरहेका छौं। केन्द्र सरकारले पठाएको त्रिपाल आउने बितिकै टाँगेर तयार गर्छौं।’
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ। बाराको फेटा गाउँपालिकामा मात्रै चार यस बढी घर प्रभावित बनेका छन्।

आइबतार साँझको हुरीले घर भत्काउँदा चार सय बढी घाइते भए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रातभर ओत लाग्न नपाउँदा बालबालिकाहरू बढी प्रभावित भए। प्रभावित क्षेत्रको अवस्था निकै कष्ठकर छ। पीडितहरूले राहतको नाममा अहिलेसम्म प्रति परिवार दुई केजी चिउरा, आधा केजी सखर, तीनवटा चाउचाउ, पाँचवटा विस्कुट र तीन बोतल पानी मात्र पाएका छन्।
प्रभावित क्षेत्रमा खेनेपानीको हाहाकार छ। ‘आइतबार राति खानाखानुभन्दा अघि नै हुरी आयो। त्यसयता खाना खाएको छैन। अन्नपात छैन, चुह्लो छैन, दाउरा छैन। खानालाई थाल छैन। लगाउने कपडा छैन’, स्थानीय निर्गा खातुन भन्छिन्, ‘घर भत्किएर ससुरा, श्रीमान र छोरा घाइते भएका छन्।’

हुरी प्रभावित क्षेत्रमा लामखुट्टेले उस्तै समस्या बनाएको पीडितसमसुल नेसाले बताइन्। आँधीले बिजुलीका पोलहरू ढाल्दा गाउँ अन्दकार बनेको छ। विद्युत प्रधिकरणका कर्मचारीहरू बिजुली बनाउन बिहानैदेखि खटिएका छन्। पीडितलाई स्थानीय समाजसेवी पुलीस मिया अन्सारीले ६ जना ‘कुक’ ल्याएर रातिको खाना खुवाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *