अञ्जु पन्त भन्छिन् ‘मलाई झुण्ड्याएर मार्न खोजेको हो ?

अन्तरास्ट्रिय बिचार/ब्लग मुख्य समाचार

काठमाडौं । सामाजिक सञ्जाल फेशबुकमा गायिका अञ्जु पन्तको एउटा तस्विर बुधवार बिहान कसैले पोष्ट ग¥यो । तस्विर तराईको परिवेशमा खिचिएको थियो । एउटा गाडीको डिक्की खुल्ला थियो । गाडीको डिक्की भित्र केही झोला र किताबका बण्डल प्रष्ट देखिन्थ्यो । छेउमै उभिएकी थिइन् गायिका अञ्जु पन्त ।

‘हुदै नभएको विषयमा राष्ट्रिय व्यक्तित्वहरुले अनावश्यक टिप्पणी गरे मलाई झुण्डिएर मरोस् भन्न खोज्नु भएको हो ?’ उनले प्रश्न गरिन् ।
त्यहि तस्बिरमा अधिकांशले क्याप्सन लेखे गायिका अञ्जु पन्त राहत संगै बाइबलको पुस्तक लिएर हुरी बतास पिडित भएको ठाउँमा पुगिन् । तस्विर क्षणभरमै भाईरल भयो ।

हामीले अञ्जु पन्तले सोध्यौ खास कुरा के हो ? अन्जु पन्तको भनाई अनुसार केही महिना अघि मात्रै गायिका पन्त तराई क्षेत्रमा बसोबास गर्ने निम्न आय भएका वालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्नका लागि गाडी लिएर गएकी थिईन् ।
उनी भन्छिन् ‘मुसहर र चेपाङबस्तीका बालवालिकालाई कम्प्युटर, स्टेशनरी सामग्री वितरण गरेकी थिएँ ।’ उनी एक हप्तासम्म राहत वितरणकै लागि तराई बसिन् । वालवालिकालाई लेख्ने कपी, इरेजर, झोलालगायतका शैक्षिक सामग्री वितरण गरेर आइन् । त्यहि वेला खिचिएको तस्विरलाई बाइबल बाँडी भनेर लेखेको भन्दै उनले आश्चर्य व्यक्त गरिन् ।

कमल थापाले समेत ट्वीट गरेको देख्दा अचम्म लाग्यो
सोही तस्विरलाई राप्रपा अध्यक्ष कमल थापाले समेत ट्वीट गरेका थिए । कमल थापाले समेत कुरा नबुझी ट्वीट गरेकोमा आश्चर्य व्यक्त गरिन् उनले ।
धेरै ट्राभल गरेका कारण अहिले उनलाई पिठ्युमा समस्या छ । डक्टरले उनलाई केही दिन रेष्ट गर्न सुझाब दिएका छन् । बुधवार बिहान उनी रेडियो नेपालमा थिईन् । रेडियो नेपालद्धारा आयोजि राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा उनी निर्णायक थिईन् । सोही कार्यक्रममा व्यस्त भएकी गायिका पन्तले आफ्नो तस्विर फेशबुकमा भाइरल भएको दिउसो मात्रै थाह पाईन् ।

आधुनिका गायनमा पोख्न अन्जुको गुनासो थियो । मैले गलत गरें भने आलोचना टिप्पणी गर्नुस् म रिसाउदिन । ‘हुदै नभएको विषयमा राष्ट्रिय व्यक्तित्वहरुले अनावश्यक टिप्पणी गरे मलाई झुण्डिएर मरोस् भन्न खोज्नु भएको हो ?’ उनले प्रश्न गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *