किन लाग्छ बाडुली ?, बाडुली लाग्दा यसो गरौँ

मुख्य समाचार

बाडुली लाग्नु सामान्य प्रक्रिया हो । प्रायः केही समय बाडुली लागेर आफैँ रोकिन्छ । कहिलेकाहीँ बाडुली लामो समयसम्म लागिरहन्छ । यस्तो हुनुका कारण यी हुन सक्छन् ।

–आवश्यकताभन्दा बढी खाना खाँदा पनि बाडुली लाग्छ । बढी मसलायुक्त भोजन खाँदा र हतार–हतार खाँदा पनि बाडुली लाग्ने गर्छ ।

–रक्सी, धूम्रपान सेवनका कारण पनि बाडुली लागिरहने समस्या देखिन्छ ।

–तनावग्रस्त, अतिउत्साहित आदि हुँदा पनि बाडुली लाग्ने गर्छ ।

–हावाको तापक्रममा अचानक बदलाव हुँदा पनि बाडुली लामो समयसम्म लाग्छ ।

बाडुली लागिरहँदा यसो गर्ने

–चिसो पानी खाने ।
–आइसक्युब मुखमा राखेर बिस्तारै चुस्ने ।
–दालचिनीको एक टुक्रा मुखमा हालेर केही बेर चुस्ने ।
–गहिरो सास फेर्ने ।
–लसुन वा प्याज सुँघ्ने ।
–जिब्रोमुनि चक्लेट अथवा चिनी राखेर चुस्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *