शिक्षक बनाइदिने भन्दै एक लाख घुस लिने व्यवस्थापन समिति सदस्य पक्राउ

मुख्य समाचार

काठमाडौं : जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिका ३ को श्रीकृष्ण धार्मिक माद्यामिक विद्यालय वसन्तपुर विद्यालय व्यवस्थापन समितिका सदस्य एक लाख घुससहित पक्राउ परेको छ। व्यवस्थापन समितिका सदस्य जयनाथ चौवे एक लाख घुससहित आइतबार पक्राउ परेका हुन्।

विद्यालयमा विज्ञापन गरिएको अंग्रेजी विषयको मावि अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गराइदिने भन्दै चौवेले सेवाग्राहीसँग घुस लिएका हुन्। अख्तियारको समूहले कपिलवस्तु नगरपालिका १ को न्यू रेसुङ्गा होटल एण्ड रेष्टुरेन्टबाट उनलाई नियन्त्रणमा लिएको हो।

चौवेमाथि अनुसन्धान अगाडि बढाइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *