लस एन्जसल : गत डिसेम्बरमा वैवाहिक सम्बन्धमा जोडिएका दुई सेलिब्रिटी प्रियंका चोपडा र निक जोन्स नयाँ प्रेमिल जोडीकै रुपमा सार्वजनिक स्थलमै रोमान्टिक मूडमा देखिँदैआएको छ ।
बलिउड अभिनेत्री प्रियंका र हलिउड गायक निकको हालैको एउटा फोटो भाइरल भएको छ । पार्किङस्थलमै उनीहरुले ‘हट किस’ गरेको फोटो उनीहरुले थाहा पाउँदा नपाउँदै भाइरल भएको हो । पापराजीले खिचेको उनीहरुको फोटो अहिले भाइल बनेको हो ।
उनीहरुको यो तस्बिर केही दिनअघिको हो । जहाँ उनीहरु पार्किङस्थलमा कार पर्खिरहेको बेलामै प्रियंकाले निकलाई किस गरेकी थिइन् । पापराजीले फोटो खिचेको केही मिनेटमै डेलीमेल मार्फत फोटो भाइरल भएको हो ।
प्रियंकाले यसअघि पनि सार्वजनिक स्थलमै निकसँग रोमान्टिक मूड देखाएका तस्बिरबारे समाचार बनिसकेका थिए । सन् २०१७ मा भेटेका बलिउड अभिनेत्री प्रियंका र अमेरिकी गायक निक त्यसयता प्रेममा रहँदैआएका थिए । गत डिसेम्बरमा उनीहरुले आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका हुन् ।