चेन्नईमा पानी अभाव हुँदा रजनीकान्तकी छोरीले जब स्विमिङ पुलको फोटो पोस्ट गरिन्…

Highlights Main News अन्तरास्ट्रिय

नयाँदिल्ली : भारतको चेन्नई सहर यतिबेला पानी अभावको चपेटामा छ । यस्तो गर्मी मौसममा अभिनेता रजनीकान्तकी छोरीले भने स्विमिङ पुलको एक तस्बिर सार्वजनिक गरिन् ।

जुन सामाजिक संजालमा भाइरल नै बनाइएको छ । रजनीकान्तकी छोरी सौन्दर्याले आफ्नो छोरा वेदलाई काखीमा च्यापेर स्विमिङ गरिरहेको तस्बिर सार्वजनिक गर्दा अनेक टिप्पणी भएका छन् ।

तस्बिरमा सौन्दर्याले छोरालाई पनि स्विमिङ सिकाउँदै गरेको देखिन्छ । तस्बिरमा लेखेकी छन्, ‘बच्चालाई चाँडै सिकाइयो भने पछि उ स्वयं सक्षम बन्ने छ । स्विमिङ गर्नु जरुरी पनि हो ।’ सौन्दर्याको सोही तस्बिर र स्टाटस ट्रोल नै बनाइएको हो ।

चेन्नई सहरमा पानीको समस्याका बीच सौन्दर्याको यस्तो तस्बिर सार्वजनिक हुँदा धेरैले ट्रोल नै बनाएका हुन् । तर सौन्दर्याले भने अत्याधिक टिप्पणी आएपछि उक्त तस्बिर नै हटाउने बताएकी छन् । आफूले पानी अभावलाई व्यंग्य गर्न भन्दा पनि बच्चालाई स्विमिङ सिकाउने उद्देश्यले यस्तो तस्बिर सार्वजनिक गरेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *