एनसीसी कोरिया अध्यक्ष केसी द्वारा जन्मदिनको अवसरमा परोपकारी फाउन्डेशन स्थापना गर्ने घोषणा

Main News मुख्य समाचार

एनसिसी अध्यक्ष अञ्जु केसीले आफ्नो जन्मदिनको अवसर पारेर परोपकारी फाउण्डेसनको स्थापना गर्ने घोषणा गरेकी छन् । जन्मदिनको अवसरमा बुटवलमा रहेको मानव सेवा आश्रममा रहेका अनाथ बालवालिकाहरुलाई भोज खुवाएकी केसीले फाउण्डेसन स्थापना गर्ने घोषणा गरेकी हुन् । उक्त कार्यक्रम बुटवलमा रहेका उनका छोरा अनिमेष क्षेत्रिले आयोजना गरेका थिए ।

समाजसेवा गर्ने आफ्नो ईच्छालाई एउटा संस्था मार्फत जाँदा थप सहयोग पुग्ने भएकाले फाउण्डेसनको स्थापना गर्न लागेको उनले बताईन् । आफ्ना सहयोगीहरुसँग छलफल गरेर उक्त फाउण्डेसनलाई मूर्त रुप दिने केसीले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *