तनहुँ समाजले आउँदो अगष्ट ४ मा चलचित्र “जात्रै जात्रा” कोरियामा प्रदर्शन गर्ने ।

अन्तरास्ट्रिय कोरिया गतिबिधी

तनहुँ समाज दक्षिण कोरियाले यहि आउँदो अगस्ट ४ तारिकको दिन गर्मी विदाको अवसर पारी यस वर्षको सर्वाधिक सफल नेपाली चलचित्र “जात्रै जात्रा ” सउलको दोङ्देमुन स्थित छुङ्रोकुमिनहाग्वन हलमा प्रदर्शन गर्ने भएको छ ।

तनहुँ जिल्लाका भौगोलिक रुपमा विकट तथा शिक्षाको पहुँच भन्दा टाढा रहेका दुर्गम क्षेत्रका विधालयहरुमा छात्रवृत्ति तथा शैक्षिक सामग्रीहरु वितरण गर्ने मुख्य उद्देश्यसहित सो चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष सबिन गुरुङले जानकारी दिए । उनले थपें -“यस वर्षकै सुपरहिट र बहुप्रतिक्षित चलचित्र “जात्रै जात्रा” नेपालमा पनि आजको दिनसम्म ४९ औं दिनमा चलिरहेको चलचित्र हो जसले भरपूर कमेडीसहित नेपालमा व्याप्त सबैखाले समस्या र बेथितीहरु पर्दामा उतार्ने कोशिस गरिएको छ ।”

यस विशुद्ध सामाजिक सेवाको अवधारणा सहित शैक्षिक क्षेत्रमा सहयोग पुग्ने हेतुले प्रदर्शन गर्न लागिएको नेपाली कथानक चलचित्र “जात्रै जात्रा” हेरेर मनोरन्जन सँगै पुण्य कमाउनुहुन दक्षिण कोरिया स्थित विभिन्न संघ-संस्थाहरु, विविध पेशा, व्यवसायमा आबद्व तथा ईपिएस मार्फत विभिन्न कार्यमा संलग्न नेपाली दाजुभाई, दिदीबहिनी, विधार्थी, पत्रकार तथा बुद्धिजीवी लगायत सम्पूर्ण महानुभावहरुमा तनहुँ समाज दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ । साथै, अन्य विविध जानकारीका लागी उल्लेखित पोष्टर हेर्नुहुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन पनि संस्थाले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *