हाम्रो कार्यक्रमले आज आफ्नो प्रशारणको चार सय भाग पूरा गरेको छ । यहाँसम्म आइपुग्दा हामीले कार्यक्रम मार्फत के गर्यौ के गरेनौ भनेर चर्चा गर्न चाहन्न । एउटा निजी टेलिभिजनको ३०–४० मिनेटको कार्यक्रमले यो समाजको स्वरुप नै बदल्न के सक्थ्यो र ‘तर; हो राज्यको नजर नपरेको, उपेक्षित, गरिबी वा अन्य कारणले आवाज विहीन बनाइएका आम नागरिकको आवाजलाई चाँही कानको जाली फुट्ने गरी घन्कायौं ।
आज चार सय भाग मनाउँदै गर्दा यति कुरामा चाँही गर्व गर्न छुट हाम्रो टिमलाई प्रदान गरि दिनुहोला । यात्रा अझै लामो छ, अझ फराकिलो पार्नु पनि छ । हामीले अझै खारिनु छ, सिक्नु छ, जान्नु छ, बुझ्नु छ र पढ्नु छ । त्यसैले यो कार्यक्रम र यसका प्रस्तुति पत्रकारिताका उत्कृष्ट उदाहरण होइनन् ।
यो समाजले प्रथामिकता नदिएर छुटाएका व्यक्ति र विषयहरु को प्रतिनिधित्व गर्दा हुनसक्छ हामीले अन्जानमा पत्रकारिताको धर्म आदर्शको पनि मान मर्दन ग¥यौं होला ।
प्रेस स्वतन्त्रताको अभ्यास गर्ने क्रममा चार सय भागसम्मको यात्रालाई हेर्दा हामीले ढंग नपु¥याएका ठाउँहरु प्रसस्तै रहेछन् । आगामी दिनमा त्यस्ता कमजोरी हरुबाट पाठ सिक्ने प्रण गर्दछौं ।