सल्यान जिल्ला कुमाख गाउँपालिका वार्ड नं ४घर भइ करिब ३ महिना पहिले द. काेरिया अाई ख्याङ्साङ्बुग्दाे, यङ्छन्सि थेछाङ्म्यानमा एउटा बङ्गुर फार्ममा काम गर्न अाएका ‘कमल राना’ उपचार खर्चकाे अभावमा अस्पत्ताल सम्म जान नसकि थेगुकाे एउटा सेल्टरमा अत्यन्तै पिडामा छटपटाइरहेका छन्।
करिब २ बर्ष पहिले उनकाे दाहिने घुँडामा एक्कासि ट्युमर (Gct tumor)देखिएकाेले अप्रेसन गरिएकाे थियाे।
परिवारकाे अार्थिक अवस्था अत्यन्तै कमजाेर रहेकाेले अाफन्तहरुबाट ऋणलिएर उपचार गर्दा करिब ६/७ लाख रुपैयाँ लागेकाे र ब्याज पनि तिर्न नसकि ऋण झन बड्दै गएपछि डा. सँगकाे परामर्समै काेरियन भाषा पास गरि उनि करिब ३ महिना पहिले काेरिया अाएका थिए।
३ महिनाकाे परिक्षण अबधि सकिनै लाग्दा काम गर्ने क्रममै भुइँमा रहेकाे पानीकाे पाइपमा अल्झिएर त्यही खुट्टाकाे भर लडेपछि पुरानाे समस्या एक्कासि बल्झिएकाे र खुट्टा दुखेर काम गर्न नसक्ने भएपछि साहुले कामबाट निकालिदिएकाे थियाे।
भर्खरै काेरिया प्रबेश गरेका उनलाई भाषा पनि राम्ररि बाेल्न नअाउने, कुनै संघसंस्था वा काेरियामा रहेका समाजसेबीहरु कसैसँग पनि चिनाजान नभएकाे र साहुले स्वास्थ्य बिमा पनि नगराइदिएकाेले अत्यन्तै पिडामा बाँच्नु परिरहेकाे छ।
उनले काेरियामा रहेका मनकारि नेपालीहरुसँग अाफूलाई सहयाेग गरि बँचाइदिनुहुन अनुराेध गरेका छन् ।
उनीसँग अहिले न उपचार गर्ने पैसा छ, न त घर फर्किने। ऋणै खाेजेर घर फर्किहालेपनि गाँउमा पहिलेकै ऋण रहेकाे, पहिलाे पटक उपचार गर्दा श्रीमतिका भएका अलिअलि गरगहना हरु पनि सबै बेचबिखन गरेकाे र पहाडकाे थाेरै पाखाे बारि बाहेक राम्राे मुल्यबान जग्गा नभएकाेले कसरि उपचार गर्ने भन्ने चिन्ताले उनकाे भाेक निद्रा हराएकाे छ।
दु:ख गरिकाेरियामा कामगरेर ऋण तिर्ने, अाफ्नाे उपचार गर्ने र सानाे काखे छाेरालाई राम्राे शिक्षा दिक्षा दिने उनकाे सपना त्यतिबेला सबै टुक्रियाे जतिबेला उनी लडे र अप्रेसन गरेकाे घुँडाे नै भुईँमा बजारियाे तरपनि काेरियामा रहेका सहयाेगि मनका नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट सहयाेग पाएर अाफू फेरि उठ्ने र नयाँ सपना बुन्ने बिस्वासमा छन् उनी।
अहिले राप्ती समाज द.काेरियाका पदाधिकारिहरुसँग कुराकानि भैरहेकाे र राप्तीले चलाएकाे सहयाेग अभियानमा अाफूलाई सहयाेग गरिदिनुहुन काेरियामा रहने सबै नेपालीहरुसँग उनकाे अनुराेध छ।
