कोरियामा आजदेखी नयाँ नियम लागु , कोरियामा कामदारलाई अवहेलना गरे रोजगारदाता ३ बर्ष जेल जाने

Highlights आर्थिक मुख्य समाचार राजनीतिक

सोल- दक्षिण कोरियामा स्वदेशी तथा बिदेशी मजदूरलाई कार्यस्थलमा अवहेलना गरे रोजगारदातालाई कडा कारबाही हुने नया नियम लागु भएको छ ।

आज जुलाई १६ देखि लागु भएको नया नियमअनुसार काम गर्ने स्थानमा कामदारलाई दवाव,अवहेलना गरे रोजगारदातालाई जेल सजाय र जरिवाना समेत हुने कोरियाली संचारमाध्यमले जनाएका छन् ।

नयाँ नियम अनुसार काम गर्ने स्थानमा मात्र नभएर म्यासेन्जर,एसएनएस वा इन्टरनेटको कुनै मध्यमबाट समेत गालि गलौज वा दवाव दिए रोजगारदातालाई कडा कारवाही हुने जनाइएको छ ।

नयाँ नियम अनुसार कामदारले आफुलाई परेको अन्याय बारे प्रहरीमा उजुरी दिन सक्नेछन्।

दक्षिण कोरियाका ७० प्रतिशत मजदुरहरु उत्पीडनमा परेको एक तथ्यांकमा उल्लेख छ। उनीहरुमाथि धम्कीहरु पनि आउने गरेको छ।

नयाँ कानुन अनुसार कम्पनीका रोजगारदाताले अन्याय गरेको प्रमाणित भएका ३ वर्षको जेल सजाय र २५ हजार ४ सय ७० अमेरिकी डलरसम्म जरिवाना हुनेछ ।

मजदुरले क्षतिपूर्ति पाउनेसमेत व्यवस्था गरिएको छ। दक्षिण कोरियास्थित मानवअधिकार आयोगको अध्ययनका अनुसार कोरियाका ७० प्रतिशत कामदार उत्पीडनमा परेका छन्।

हटपाटी डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *