एनआरएन कोरियाको अधिबेशन नजिकिदै, सदस्यताको लागि अनलाइन फारम भर्नुपर्ने

मुख्य समाचार

गैह्र आवासीय नेपालि संघ( एनआरएनए ) दक्षिण कोरियाको सातौँ अधिबेशन यहि आउदो सेक्टेम्बर २१ र २२ तारिख राजधानी सियोलमा हुने भएको छ l संघले गत आइतबार एक पत्रकार समेलन गर्दै सो कुराको घोषणा गरेको हो l साथै अधिबेशन लाइ चुस्त दुरुस्त र सरल बनाउन तयारि तिब्र पारिएको समेत बताएको छ l

यसपटक अनलाइन बाट सदस्यता फारम भर्ने प्रणालीको बिकास गरिएको बताउदै संस्थाका सचिब केशब थापाले के कसरि फारम भर्न सकिने भन्ने वारेमा समेत स्पस्ट पारेका थिए l

उनका अनुसार “सदस्यता फारम भर्नको लागि एउटा लिंक निर्माण गरिएको छ l उक्त लिंक खोलेर सम्पूर्ण बिबरण भरेपछि तोकिएको रकम कोरियन वोन २० हजार दिइएको खातामा जम्मा भैसकेपछि मात्र सदस्यता प्रमाणित हुने छ “l उक्त लिंक कोरिया बाट चल्ने सम्पूर्ण अनलाइन मिडिया मार्फत प्रकाशित गरिने समेत बताए l यसरि सदस्यता लिने अन्तिम मिति अगष्ट १८ तारिख सम्म तोकिएको छ l

यसपटकको अधिबेशनको लागि अत्यन्तै सरल र बैज्ञानिक प्रणालीमा तयारि तिब्र पारिएको हुदा मतादान तथा सदस्यता लिने प्रक्रियामा कुनै झन्झट नहुने सचिब थापाले जानकारी दिए l

कोरियामा रहेका करिब आधा दर्जन अनलाइन मिडियाहरुको उपस्थितिमा भएको उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मी लामा गुरुङले कोरियामा रहनुहुने सम्पूर्ण नेपालिलाइ एकआरनएन प्रति सकारत्मक बनि अधिबेशन सफल पार्न सहयोगको लागि समेत अपिल गरिन l

कार्यक्रममा एनआरएन कोरियाका उपाध्यक्ष बिपिन गुरुङ , सस्थापक सल्लाहकार ध्यान राइ नेपाल पत्रकार महासंघका अध्यक्ष रंजन कुँवर ,नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष युगेल तेन्डुप् सेर्पा लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

Leave a Reply

Your email address will not be published.