टिकापुर घटनामा मुख्य दोषी ठहर्याइएका रेशम चौधरी जेलमुक्त हुनुपर्ने माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले २० हजार हस्ताक्षर संकलन गर्ने भएको छ । गत आइतबार राजधानी सियोलमा पत्रकार सम्मेलन गर्दै महासंघ कोरियाका अध्यक्ष युगेल तेन्डुप सेर्पाले सो कुराको जानकारी दिएका हुन् ।उनले टिकापुर घटना बिशुद्व राजनीति मुद्वा भएको कारण दोषी भनिएका सभासद चौधरीलाई अभिलम्ब रिहाइको माग गरे ।
“हिजोका दीनमा राजनीति मुद्वा खेपिरहेका केहि ब्याक्तिहरुले सरकार चलाउछन “तर उस्तै प्रकृतिको राजनीति घटनालाई अतिरन्जित गर्दै चौधरीलाई जेल चलान गरिनु कानुनि राज्यको उपहास भएको भन्दै स-सम्मान रिहाइ नगरिए महासंघ कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।सेर्पाले हाल महासंघ जनाभावाना अनुरुप निष्पक्ष र न्यायिक सर्बोच्चता कायम गरिनु पर्ने ।समावेसी र समतामुलक समाज निर्माणको लागि मार्ग प्रसस्त गर्नु पर्ने ।शोषित उत्पिडित नेपालि जनताको भावनालाई सम्बोधन गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएको बताए ।
आगामी अगष्टको पहिलो हप्ता सम्म संकलित हस्ताक्षरलाइ एक एकपर्ति कोरियास्थित नेपालि दुतावास मार्फत नेपाल सरकारलाई बुझाउने तथा एकपर्ति महासंघ केन्द्रमा बुझाउने समेत जानकारी गराए ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो । आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाईलाइ हाल जेल चलान गरिएको छ ।
हेल्लो नेपाल कोरिया डटकम बाट