कोरियाको दक्षिणी भागमा शक्तिशाली आँधी (टाईफुन ) आउन सक्ने , सजग रहन सुझाब

कोरिया गतिबिधी

कोरियामा सनिबार शक्तिशाली आँधी आउन सक्ने पुर्व अमुमान गरिएको छ । ९ सय ९० हेक्टोपास्कलको चाँपमा रहेको उक्त दानज आँधी शुक्रवार दिउसो देखि ताइवानको उत्तरी भाग बाट ३ सय ६० किलोमिटर प्रतिघन्टाको दरले बगिरहेको कोरिया मेट्रोलोजीकल एड्मिनिस्ट्रेसन युनिट केएमएले जनाएको छ।उक्त आँधीले शुक्रवार राति कोरियाको जेजु टापुमा मा क्षतिपुर्याउन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै सनिबार दिउसो कोरियाको दक्षिणी भागमा क्षति पुर्याउने अनुमान छ भने आइताबार रति सम्म पूर्वी समुद्रको बाटो तय गर्ने बताइएको छ ।उक्त आँधीले जेजु टापुमा ७ सय मिलिमिटर सम्म बर्षा गराउने अनुमान छ भने देशका मध्य तथा उत्तरी क्षेत्रमा खासै प्रभाब नपारेतापनि साताभरि नै मौसममा भने केहि गडबडी ल्याउने छ ।
त्यस्तै आँधि को कारण पहिरो जाने सम्भावना समेत रहेकोले सम्भावित क्षेत्रमा सुरक्षित रहन मौषम विभागले अनुरोध समेत गरेको छ ।

Hellonepalkorea.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *