किशन गौतम /सउल
कोरियाको खाङ्वन्दो क्षेत्रको गागोक -म्येओनमा १६ जना कामदार चढेको ह्युन्डाइ भ्यान दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । सोमबार बिहान ७ बजेर ३३ मिनेट जादा भएको उक्त दुर्घटनामा परी १२ जना कामदार घाइते भएको खाङवन आपतकालीन उद्वार केन्द्रलाई उदृत गर्दै कोरिया हेराल्डले जनाएको छ ।
तिब्र गतिको भ्यान अनियन्त्रित भै दुर्घटना भएको बताइएको छ । घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा ६२ बर्षीय भ्यान ड्राइभर समेत छन् । उक्त भ्यानमा ७ जना बिदेशी नागरिक समेत रहेको जनाइएको छ । तर उनीहरु कुन देशका नागरिक भन्ने वारे खुलाइएको छैन ।
उनीहरु एउटा कृषि फारममा काम गर्न सोमबार सबेरै खाङ्वन क्षेत्रको होंगसेवन देखि सम्छेक जादै गरेका थिए । दुर्घटनामा घाइतेहरुको हाल स्थानीय ३ वटा अस्पतालमा उपचार भैरहेको बताइएको छ ।
हेल्लो नेपाल कोरिया डटकमबाट