काठमाडाैं-दक्षिण कोरिया जान लागेका २९ नेपालीलाई विमानस्थल अध्यागमनले फिर्ता गरेको छ।
मंगलबार ७:४४ बजे कोरियन एयरको उडान नं. केई ६९६ बाट सोल जान लागेका २९ जनाको कागजपत्र नपुगेको भन्दै अध्यागमनले फर्काइदिएको हो। अध्यागमन अधिकृतलाई उनीहरुले तालिमका लागि कोरिया जान लागेको बताएका थिए। ‘सेटिङमा जान चाहनेलाई अध्यागमनले अफलोड गर्दैन। उनीहरु सेटिङबाहिरबाट जान खोजेकाले पक्राउ परेका हुन्’, विमानस्थल अध्यागमनले भन्यो।
गृहमन्त्री र सचिवले अध्यागमन सेटिंग भत्काउन प्रयास गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन फेरि मानव तस्करको चंगुलमा पर्दै गएको हो। अध्यागमन सेटिङ मिलाएर मानव तस्करले १० नेपालीलाई लिबिया पुर्याएको घटना केही समयअघि सार्वजनिक भएको थियो। एक नेपालीको लिबियामै मृत्यु भएको थियो।
Source: Hotpati.com