चितवनको तास कोरियामा

कोरिया समाचार

चितवनको तास भनेपछि नेपालको हरेक शहरमा राम्रो पक्कड जमाउन सफल यो परिकारको स्बाद लिन अब नेपालै जानु पर्देन अब कोरियाको छनानमा रहेको माउण्ट फिस्टेल रेष्टुरेण्टमा चितवनको तासको स्वाद उपलब्ध हुने भएको छ ।

दक्षिण कोरियामा लामो समय देखी ब्यबसाय गर्दे आउनुभएका सफल ब्यबसायी एबं समाजसेवी राजेश श्रेष्ठले सञ्चालन गर्दे आउनुभएको यस रेष्टुरेण्टमा चितवनको तास लगायत अन्य प्ररकारका नेपाली तथा इन्डियन स्वादका खानेकुरा उपलब्ध रहेको छ ।

बिशेषगरी तास मसलादार पकवान हो जुन चपाउँदा नरम र रसिलो हुन्छ। तास कोइलाको राप र धुवाँमा पकाइने भएकोले यसको स्वाद नै भिन्न किसिमको हुन्छ। तास संगै थालीमा भुजा वा चिउरा, अचार र सलाद पनि राखिएको हुन्छ । नेपाली टिपिकल खानाको प्रर्बधन सगै आफनो ब्यबसायलाई पनि बिस्तार गर्दे लग्नुभएका श्रेष्ठले रेष्टुरेण्टले भबिश्यमा पनि थप परिकारहरु पनि थप्दै लैजाने बताउनु भएको छ ।

नेपाली परिकारलाई नेपाली तथा बिदेशीहरु माझ प्रबर्धन गर्दे आउनुभएका श्रेष्ठले नेपालमा नै ख्याती कमाएको चितवनको तासलाई कोरियाको छनानबाट शुरुबात गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *