त्रिभुवन विश्वविधालयको सेवा आयोगको रिक्त पदमा यादव लामिछाने नियुक्त हुने प्रबल संभावना !

मुख्य समाचार

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षको पद आइबारबाट रिक्त भएको छ । तीन वर्षे पदावधि सकिएसँगै आयोगका अध्यक्ष चैतन्य शर्मा पदबाट बाहिरएका छन् ।

त्रिभुवन बिश्वबिद्धालयको सेवा आयोगको रिक्त अध्यक्ष पदमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक प्राध्यापकका अनुसार यादव लामिछाने नियुक्त हुने प्रबल संभावना छ।त्रिविमा आफ्नो जीवनको आधा भन्दा बढी जीवन प्रध्यापन, प्रध्यापकको हकहितका लागि र बिश्वबिद्धालयको बिकृतिका बिरुद्द निरन्तर लड्दै आएका प्रध्यापक डा. लामिछानेले आफ्नो सेवा अवधी भर अन्य योग्य र सक्षम ब्याक्तीहरुलाइ पदाअधिकारी बनाउन महत्वपूर्ण भुमिका खेल्दै आएका थिए र छन।

तर तीन दसक भन्दा बढी त्रि. बि. मा निरन्तर सक्रिय रहेर पनि हाल सम्म अरुलाइ पदमा पुर्‍याउने भुमिका खेल्दै आएका प्राध्यापक लामिछानेले आफू स्वयम्का लागि कुनै लाभको पद खोजेनन। त्यसकारण पनि प्रा.डा. लामिछने त्रि.बि.सेवा आयोगको अध्यक्ष बन्न एक बलियो उमेदवार हुन भन्छन त्रि.बि. का केही प्राध्यापकहरु। भर्खर मात्र प्राध्यापक पदबाट अवकाशप्राप्त डा. लामिछाने प्रगतिशील प्राध्यापक संगठनका सदस्य, महासचिब हुदै अहिले पनि अध्यक्षको रुपमा सक्रिय छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *