कोरियामा सडक दुर्घटनामा मृत्यु भएका तीन कामदारका परिवारलाई सामसुङ कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।
कोरियामा भएको सडक दुर्घटनामा पाँचथरका सरोज आङदेम्बे, धादिङका ठाकुर तामाङ र उदयपुरका भुपाल राईको मृत्यु भएको थियो। उनीहरू कोरियामा सामसुङ कम्पनीमा कार्यरत थिए।
सिओलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर क्षतिपूर्ति उपलब्ध गराउने विषयमा जानकारी दिएको छ।मृतकका परिवारलाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ।
यो पनि पढनुहोस
पब्लिक स्पिकर बिजेता रमेश प्रसाई कोरिया आउदै।
पछिल्लो समय निकै चर्चा पाएका स्पस्ट बक्ता रमेश प्रसाई कोरिया आउने भएका छन् । नेपालीका लागी नेपाली संस्थाले कोरियामा राहतकोष संकलनार्थ सेक्टेम्बर १३ तारिख अर्थात छुसकको दोस्रो दिन आयोजना गर्न लागेको “सांगीतिक महाधमाका -२०१९” को लागि बिसेष कलाकारको रुपमा प्रसाई कोरिया आउने भएका हुन् ।
नेपालको धरान घर भएका प्रसाई एपी वन एचडी टेलिभिजनले आयोजना गरेको पब्लिक स्पिकर प्रतियोगिताका बिजेता समेत हुन् । शारीरिक रुपमा असक्त भएतापनि उनीमा हरेक कुरालाई शुक्ष्म रुपमा बिश्लेषण गर्न सक्ने अथाह क्षमता छ । यही क्षमताको कारण उनी हाल निकै चर्चामा छन । हरेक नेपालीले रुचाएका चर्चित ब्याक्तित्वलाई कोरियामा ल्याउन पाउदा निकै खुसी लागेको राहतकोष संकलन अभियानका अभियान्ताहरुले बताए ।
उक्त कार्यक्रममा कोरियामा बिभिन्न कारणले मानसिक तनाबमा परेका नेपालीहरुलाई सकारात्मक सोच तिर बदल्न प्रसाइले बिशेष प्रेरणा दिने समेत बताइएको छ ।उनि संगै नेपालका बिशेष ख्यातिप्राप्त बिभिन्न विधाका कलाकारहरु कोरिया ल्याउने तयारी भएको आयोजकले बताएको छ । सम्पूर्ण कलाकारको अन्तिम पोस्टर आगामी सोमबार भित्र बाहीर ल्याउने तयारी भएको संस्थाले जनाएको छ ।
कोरियामा आयोजना गरिने।अन्य कार्यक्रमहरु भन्दा बिशेष महत्व बोकेको कार्यक्रम भएकोले बिभिन्न उद्देश्यका साथ कोरियामा बसेका नेपालीहरुले यस कार्यक्रमलाई साथ दिने आयोजकले बिस्वास गरेको छ।