जोडजाड गरेर नेपालमै चारपाङग्रे सवारी साधन उत्पादन गर्ने एसेम्बल्डिङ प्रयास मोट्रेक्स नामक काेरियन कम्पनीको कडा शर्तका कारण धरापमा परेको छ ।
एसेम्बल्ड गर्ने उद्योग खोल्न सरकारले कोरियन कम्पनी मोट्रेक्सलाई अनुमति दिएको थियो । तर, मोट्रेक्सले ६/७ वटा कडा शर्त राखेको छ । यो शर्त कार्यान्वयन हुन नसक्ने सरकारी पक्षको भनाइ छ । मोट्रेक्सले आफ्नो शर्तबाट पछि नहट्ने बताएको छ । तर, लगानी बोर्ड यी शर्त पुरा गर्न नसकिने बताउँदै आएको छ ।
मोट्रेक्सका शर्तहरुः१) ७ वर्षसम्म जोडजाड गर्ने अरु कम्पनीलाई लाईसेन्स दिन नहुने २) ७ वर्षपछि पनि १० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्ने कम्पनीलाई मात्र अनुमति दिनुपर्ने ३) ५ वर्षसम्म कर छुट दिनुपर्ने ४) जग्गा सहजिकरण गर्ने व्यवस्था ५) खरिदमा पनि पूर्णरुपले छुट दिनपर्ने
तर, लगानी बोर्डले शर्तहरु प्रचलित कानून भन्दा बाहिर भएको बताउँछ । दुई हप्ता अघि लगानीबोर्ड र मोट्रेक्सका अधिकारीहरुसंग एकहप्तासम्म निरन्तर छलफल समेत गरेको थियो । तर, ठोस निष्कर्ष निस्किन सकेन ।
सरकारले एसेम्बल्डमा पहल नगरेको नेपाली लगानीकर्ता र सवारीसधान व्यवसायीहरुकोे भनाई छ । उनीहरुका अनुसार सरकारले प्राथामिकतामा राखेर नेपाली लगानीकर्ताहरुलाई नै दिने पहल गर्नुपर्छ ।
आयातकर्ताहरु विदेशी लगानी स्वीकृति दिँदा छुटसहित भित्रयाउन नहुने तर्क उनीहरुको छ । स्वदेशी लगानीकर्ताहरु भने इच्छुक देखिएका छन् ।
एकथरी व्यवसायिहरुले मोट्रेक्स कम्पनीको गाडी उत्पादनमा अनुभव नभएको र अनुभवी कम्पनीहरुले पनि रुची नदेखाको सन्दर्भमा नयाँसोच राख्नुपर्ने सुझाव दिएका छन् ।
एसेम्बल्डका लागि उद्योग सञ्चालनमा आए पाँच वर्षमा वार्षिक २० हजार युनिट कार, जीप उत्पादन हुनेछ । नेपालले सन १९२४ मा पहिलो पटक राणा प्रधानमन्त्री चन्द्रशम्शेरले मान्छेलाई बोकाएर उपत्यकामा गाडी भित्राए यता, ९५ वर्षदेखि निरन्तर गाडी आयात गर्दै आएको छ । नेपालबाट वार्षिक सवारीसाधान आयातमै १० अर्ब रुपैयाँ भन्दा बढी बाहिरिन्छ ।
यसअघि गत चैत्र १ गते बसेको लगानी बोर्डको बैठकले ‘भेइकल म्यानिफ्याक्चरिङ एण्ड एसेम्बली प्लान्ट’ परियोजनाका लागि माेट्रेक्स कम्पनीकाे रु १० अर्ब ५४ करोडको लगानी स्वीकृत गर्ने निर्णय गरेको थियाे ।