यसकारण कोरिया भाषा परिक्षामा सीप परिक्षण अनिवार्य भयो,भाषा उत्तीर्ण गरेका आधा मात्र कोरिया जान योग्य

कोरिया समाचार

काठमाडौं। नेपालको आकर्षक रोजगार गन्तव्य दक्षिण कोरियाले विदेशी कामदार माग गर्ने नीति परिवर्तन गरेर सीप परीक्षालाई अनिवार्य गरेको छ।

सीप परीक्षणलाई अनिवार्य गरेपछि कोरियाली भाषा परीक्षा पास भए पनि सीप परीक्षामा राम्रो नतिजा ल्याउन नसक्ने नेपाली युवा कोरिया जान अयोग्य हुनेछन्।

यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।सीप र क्षमताका आधारमा विदेशी श्रमिक माग गर्ने जनाउँदै हालै लिएको भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ सय युवामध्ये ६ हजार ७ सयलाई मात्र कोरियामा रोजगारी दिनसक्ने जनाएको छ।

मानव संशाधन विकास बोर्ड कोरियाकी नेपाल निर्देशक पार्क सुङ हिले सन् २०१९ को भाषा परीक्षामा सफल भएका १२ हजार ९ सयमध्ये ६ हजार ७ सय युवामात्र कोरिया जान योग्य हुने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *