कोरियामा नेपालीको संख्या बढे संगै त्यसै क्रममा अनेक समस्या पनि बढ्दै गइरहेकोछ।त्यसै समस्या मध्ये प्रमुख स्वास्थ्य समस्या पनि हो।
कोरियामा रहेका धेरै नेपालीहरुले आफ्नो स्वास्थ्य समस्या भाषा ज्ञानको अभाब अथवा अन्य बिबिध कारणले कोरियाको हस्पिटलमा गएर सहि तरिकाले बुझाउन नसक्दा र कोरियन डाक्टरहरुले भनेको कुराहरु बुझ्नमा कठिनाइ भएको हुँदा समस्या समाधान नभई झन मानसिक रूपमा बिछिप्त (निराश) भएको र केही उपचारको लागि कामै छोडेर नेपाल फर्केको घटनाहरु पनि छन्।कतिपय समस्या पालेर सधैं स्वास्थ्यको बारेमा चिन्ता लिएर मात्र बस्न बाध्य भएकाहरु पनि धेरै छ्न।
कतिपय बिरामीहरुले अरुको साथ र सहयोगमा उपचार र परामर्श लिएर आफ्नो उपचार गरेर सहज जिवनयापन र पुनः स्वस्थ भएर काम गरिरहेको अबस्था पनि छ।कतिपय डिप्रेशनको सिकार हुँदा पनि समस्या समाधानको माध्यम नभेटेर आफ्नो समस्या लुकाएर बसिरहन बाध्य छन् ।
समयमानै समस्याको पहिचान र समाधान नहुँदा यस्ता कारण र समस्याहरुले गर्दा केहि दु:खद घटनाकाहरु पनि नघटेका होइनन् ।
परोपकारी सामाजिक भाव सकेको सबैले आ-आफ्नो ठाँउबाट परामर्श दिएर वा हस्पिटल सम्म साथी गएर भएता पनि पीडितलाई सघाउने र मद्दत गर्ने काम गरिरहनु भएको छ।
यस्तै कोरियामा समय समयमा नि:शुल्क स्वास्थ्य शिबिर र अन्य माध्यमबाट आफ्नो बचेको समयलाई सहि सदुपयोग गर्दै आफ्नो क्षमता र समयले भ्याएसम्मको सेवा (परामर्श ) दिदै आउनु भएका कोरियन र नेपाली समुदायमा उदार मिलनसार चिकित्सकको रुपमा समेत चिर परिचित डा.राजेश चन्द्र जोशी हुनुहुन्छ ।
सायद कोरियामा नेपालीलाई सहयोग गर्न इच्छुक र तत्पर रहने उहाँ एकजना मात्र डाक्टर हुनुहुन्छ होला र पनि उहाँले आफ्नो देशका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आफुले हाशिल गरेको स्वास्थ्य ज्ञानको सदुपयोग र सहयोग गर्न तत्पर रहनुभएको छ। हस्पिटलमा आफ्नो नियमित ड्युटी गर्नु पर्ने पारिवारिक र अन्य सामाजिक परिबन्धहरु र ब्यस्तताले गर्दा आफुले चाहे जति खुलेर समय दिन र आएका सबै कल उठाउन असमर्थ रहेता पनि आफुले सके जति केही समय नेपालीहरुको लागि ब्यबस्थापन गरेर एउटा ब्यबस्थित टिम, टाइम टेबल र सिस्टम बनाएर प्रभाबकारी हिसाबमा प्रत्येक सनिबार साँझ ६:०० बजे देखि ८:०० बजे सम्म नि:शुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने र प्रत्येक माहिनाको पहिलो आइतबार दिनको २:०० बजे देखि ४:०० बजे सम्म प्रत्यक्ष भेटेर चेक जाँच र परामर्श दिने नियमित कार्यक्रम तय भएको छ।
हुन त यो सबै समस्या समाधानको पुर्ण माध्यम नहोला तर समस्या समाधानको सानो प्रयास र पहल मात्र हो।यसलाई सबैले मनन गरिदिनु हुनेछ भन्ने आशा पनि राख्दछु।
यस अभियानलाई ब्यबस्थित र प्रभावकारी बनाउन कोरियाको विभिन्न क्षेत्रमा रहेर सामाजिक परोपकारी भाव राख्नुहुने, सामाजिक कार्यमा सकृय ब्याक्तित्वहरुलाइ समेतेर सहकार्य गरेर अभियन्ताको रूपमा यस “साप्ताहिक स्वास्थ्य परामर्श सेवा” लाई संचालन गर्ने सोच बनाएका छौ।यस टिममा समय दिएर टिम वर्क तथा सेवा गर्न इच्छुक/तत्पर सामाजिक भाव बोकेका मित्रहरूले म्यासेज अथवा कल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।
अन्य आफ्नो स्वास्थ्य सम्बन्धी समस्या रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो कुनै पनि स्वास्थ सम्बन्धी समस्या र जिज्ञासा भएमा अभियन्ता मार्फत नाम टिपाएर पालो क्रम सिस्टम र समय तालिका अनुसार डाक्टर संग समाधानको लागि सम्पर्क गराउनेछौ।
डाक्टरको आफ्नै काम कर्तव्य र क्षेत्र रहने हुँदा निश्चित तोकिएको समयमा मात्र सेवा प्रदान गर्नु हुनेछ।सेवा तथा परामर्शको लागि अभियन्ताहरुको माध्यमबाट मात्र जानू पर्नेछ।धन्यवाद।
कोरियामा प्राय नयाँ प्रबेशी र कोरियन भाषा राम्रोसंग नजान्ने/नबुझ्ने नेपालीहरुको स्वास्थ्य समस्या धेरै सुनेर, बुझेर र देखेर केही राहत र न्यूनीकरण गर्न सकिन्छ कि भन्ने हेतुले बिशुद्द निस्वार्थ भावले यस सेवाको थालनी गर्न लागिरहेको सबैमा सहर्ष जानकारी गराउदै अन्य थप जानकारीहरु आउँदो पोस्टमा अपडेट गर्दै जानेछौ।यस संदेश (जानकारी) सम्बन्धित पीडित सम्म पुर्याइदिनु होला ।
साथै तपाइले निम्न अभियान्ताहरुलाई लाई सम्पर्क गरि आफ्नो समस्या बताएर डाक्टर संगको पुर्व अपोइन्टमेन्ट लिई आफ्नो पालो कुर्नु पर्ने हुन्छ ।यम श्रेष्ठ , किशन गौतम , सुन्दर प्रसाद अधिकारि ,सरोज के सी , कृष्ण पुरी ,पुष्प कमल ,राज गिरि ,राम बाबु सेवन ,सन्तोष कश्यप बिकतलको कुनै पनि फोन नम्बरमा सिधा सम्पर्क गर्न सक्नु हुने छ ।010-3977-5828, 01023182992, 01059311934, 01064656041, 01046856107 , 010 26023476, 01027625059, 01063043912, 01072684050