दक्षिण कोरियाको सुवन अदालतले ग्रेस रोड चर्चको संस्थापक शिन ओक जुलाई ६ वर्षको जेल सजाय सुनाएको छ ।
कोरियन अनुयायीलाई फिजीमा पुर्याएर शारिरिक र मानसिक यातना दिएको अभियोगमा दोषि ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो । सन् २ हजार १४मा ४ सय अनुयायीलाई पाप पखाल्ने नाममा उनीहरु माथि कुटपिट र पासपोर्ट खोसिएको थियो । उक्त अभियोगमा शिनलाई गत जुलाई गिरफ्तार गरिएको थियो । सोमबार अदालतले शिनलाई हिंसा, बाल दुव्र्यवहार र धोखाधडि लगायत कैयौ अपराधिक अभियोगमा दोषि ठहर गरेको हो ।
त्यस्तै चर्चका अन्य ५ जनालाई पनि सजाय सुनाइएको छ । ग्रेस रोड चर्चले अदालतको फैसला बारे केहि टिप्पणी गरेको छैन् ।
यो पनि पढनुहोस
हानपास र वेस्टर्न युनियनबीच व्यापारिक सम्झौता, विश्वभर रकम पठाउन सकिने
दक्षिण कोरियामा सञ्चालित रेमिट कम्पनी हानपास र वेस्टर्न युनियनबीच व्यापारिक सम्झौता भएको छ । सम्झौतापछि हानपासको मोबाइल एप मार्फत कोरियामा कार्यरत विदेशीले वेस्टर्न युनियनको विश्वभर रहेका साखामा पैसा पठाउन सक्ने छन् ।
विश्वको सवैभन्दा ठुलो रेमिट्यान्स सञ्जाल रहेको वेस्टर्न युनियनको १ सय ९३ मुलुकमा ५ लाख भन्दा बढी साखा रहेका छन् । अब हानपास प्रयोगकर्ताले एप मार्फत विश्वका जुनसुकै स्थानमा आफ्ना आफन्तजनलाई पैसा पठाउन सक्ने छन् । सम्झौतामा हस्ताक्षर गरेपछि बोल्दै हानपासका सीईओ किम किओंग हनले भने, “हामीले वेस्टर्न यूनियन र हानपास बीचको आपसी विश्वासमा आधारित रणनीतिक साझेदारीमा हस्ताक्षर गर्न सक्षम भएका छौं अब विदेशी र स्वदेशी ग्राहकहरूले यसबाट उचित सेवा लिन सक्ने छन ।
वेस्टर्न यूनियनका सिंगापुर, इन्डोनेसिया र उत्तर एशियाका सीईओ के.प्रेममान्थले भने, “विश्वव्यापी वित्तीय र भुक्तानी सेवाको विश्वमा द्रुत परिवर्तन आएको छ, “हानपाससँग यस सम्झौताको माध्यमबाट हाम्रा ग्राहकहरूलाई रकम स्थानान्तरणमा थप सेवा दिन पाउदाँ हामी खुसी छौं ।
कोरियामा रेमिट कारोबार गर्दै आएको हानपासको एप प्रयोग गरेर रकम पठाउन सजिलो भएकोले यसतर्फ सेवाग्राही आर्कषण बढिरहेको छ ।
हेल्लो नेपाल कोरिया डटकम को सहयोगमा