जापान र कोरिया बिचको व्यापारिक युद्द ले लियो विकराल रुप ,कोरियन हरु भन्छन,जापानिज सामान प्रयोग नि गर्दैनौँ,जापान नि जादैनौँ!

कोरिया समाचार

गुरुदत्त न्यौपाने / सउल
दक्षिण कोरिया र छिमेकी देश जापान बिच ब्यापारिक नाकाबन्दी (ट्रेड वार) सुरु भएसंगै कोरियामा जापान तथा जापानिज सामान बिरोधी अभियान ब्यापक भएको छ।जापानले निर्यातमा प्रतिबन्ध लगाएसंगै यहाँ जापान बिरोधी भावना बढदै गईरहेको छ।

स्थानिय ट्राभल एजेन्सी, प्लास्टिक सर्जरी क्लिनिक तथा कस्मेटिक कम्पनीहरुले जापान भ्रमण तथा जापानिज सामान प्रयोग बिरोधी अभियान चलाउदै आएका छन।ति कम्पनीहरुले ग्राहकहरुलाई भारी छुट दिदै जापान भ्रमण रद्द गरेको तथा जापानिज सामान प्रयोग नगरेको प्रमाण पेश गरेमा भारीका भारी छुटका स्किमहरु ल्याएका छन।

जापान नि जादैनौँ,जापानिज सामान नि प्रयोग गर्दैनौँ।

कोरियाकै गाङ्गनाममा रहेको प्लास्टिक सर्जरी कम्पनिले आफ्नो जापान भ्रमण रद्द गरेको प्रमाण पेशगर्ने ग्राहकलाई अगस्ट १५ सम्म डबल आईलेड सर्जरीमा ५० % छुट दिने घोषणा गरेको छ।

स्थानिय एक पुरुष कस्मेटिक कम्पनीले जापानिज सामान प्रयोग गरेको फोटो पेश गर्नेलाई निशुल्क आफ्नो प्रोडक्ट प्रदान गर्ने जनाएको छ।साथै कोरियाकै समुन्द्री यातायात कम्पनी देजर ले जापान भ्रमणको टिकट रद्द गर्नेलाई पोहाङ,दोक्दो र उल्यङ्ग टापु घुम्ने टिकटमा ३०% छुट दिने घोषणा गरेको छ।

साथै खाङ्गवनको एक प्रतिस्ठीत रेसोर्टले जापान बिरोधी अभियानलाई साथ दिदै जापान भ्रमणको टिकट रद्द गर्ने ग्राहकलाई रिसोर्टमा ८०% छुटका साथै रिसोर्टको वाटरपार्क को २ टिकट निशुल्क दिने घोषणा गरेको छ।५४०,००० वन मुल्य पर्ने रिसोर्टको खर्चलाई ९९,००० वन मा झार्दै त्यहाँका म्यानेजरले भनेका छन “यो जापानलाई चुनौती हो,हामी जापानको सामान प्रयोग नगरेपनि आत्मनिर्भर छौँ ।यो ब्यापारिक युद्द जापानको लागी घातक छ।हामीले जापान भ्रमण रद्द गर्ने जो सुकैलाई भारी छुटको योजना ल्याएका छौँ।यो अभियान कोरियालाई माया गर्ने कोरियन नागरिकको लागी हो ।यो अभियान संगै हाम्रो रिसोर्टमा भएका ८०% कोठाहरु बुक भईसकेका छन जसमा जापान भ्रमण रद्द गर्नेहरु मात्रै छन।”

त्यसैगरी जापान भ्रमण रद्द गर्नेले फाजु सिटि टुरमा ५०% छुट तथा ख्यङ्जु वल्ड कल्चरल एक्पो ले हट समर बबल फेस्टिभलमा पनि ५०% छुट दिएको छ।

जुलाई १९ देखी २३ सम्म दक्षिण छल्ला प्रान्तको गोकसियोनमा रहेको सकगोक नोङ्ह्यपले जापान भ्रमण रद्द गरेकालाई ५०० बोरा चामल बितरण गरेको छ।साथै पुन अगस्टमा जापान बिरोधी अभियान सुचारु गर्ने नोङ्ह्यप अधिकारीले बताएका छन।

कोरियाका मार्ट तथा चोकचोकमा बाईकट जापान,हामी जापानको सामान पनि किन्दैनौँ,जापान पनि जाँदैनौँ तथा मार्टमा हामी जापानको सामान बेच्दैनौँ जस्ता पर्चाहरु देख्न सकिन्छ।यसबारेमा कोरियाली नागरिक हरुलाई सोध्दा भन्छन ” हामीलाई जापानले गार्हो अबस्थामा धकेल्न खोजेको छ त्यसैले जापानका कुनै सामाग्री हामी प्रयोग गर्दैनौँ,जापान भ्रमण पनि जादैनौँ,हामी हाम्रै देशमा बनेको सामान प्रयोग गर्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *