गुरुदत्त न्यौपाने / सउल
कोरियाको बिभिन्न सपिङ्ग स्टोरबाट कपडा चोरी गर्ने ३२ बर्षिय भियतनामी नागरिकलाई पुलिसले बिहिबार पक्राउ गरेको छ ।
अत्याधुनिक थेफ्ट अलार्म प्रुफ झोला प्रयोग गरी करिब ५ दिनको अन्तरालमा सउलका बिभिन्न स्टोरबाट करिब १००० थरी कपडा हरु चोरी गरेको प्रहरीले जनाएको छ ।
सउल जोङरो पुलिस स्टेशनले बताएअनुसार जुलाई २० देखी २४ तारिखको अन्तरालमा उसले सउलका बिभिन्न सातवटा क्लोदिङ्ग स्टोरबाट ९५८ थरी कपडाहरु चोरेको उल्लेख गरेको छ ।
प्रहरीको रिपोर्टमा भनिएको छ कि ” उक्त चोरले अत्याधुनिक टेक्नोलोजी प्रयोग गरिएको झोला प्रयोग गरेको थियो ,जसमा स्टोरमा बारकोड लकर गरेर राखिएका कपडा उक्त झोलामा राखेर बाहिर आउदापनी सेन्सरले पत्ता लगाउन नसक्ने एन्टी थेफ्ट अलार्म प्रुफ झोला प्रयोग गरेको थियो ।”
जुलाई १५ मा टुरिस्ट भिजामा भियतनाम बाट कोरिया आएको उक्त ब्याक्तीले प्रहरीले प्रश्न सोध्दा कपडा भियतनाम लिएर जाने योजना रहेको बताएको थियो ।
केही थान भियतनाम पठाईसकेको कपडा पुन: कोरिया फर्काईएको र पठाउने तयारीमा रहेका सबै कपडाहरु प्रहरीले उक्त ब्याक्तीबाट जफत गरिसकेको जनाएको छ ।