कोईनसट छुसक सांगीतिक महा-धमाकाको अन्तिम पोस्टर सार्बजनिक , रमेश प्रसाईं सहित नेपालका ख्यातिप्राप्त कलाकार कोरिया आउदै

कोरिया समाचार

कोरियामा आपतकालीन राहतकोष स्थापनार्थ आउदो सेक्टेम्बर १३ तारिख आयोजना हुदै गरेको छुसक सांगीतिक महाधमाकाको अन्तिम पोस्टर सार्बजनिक गरिएको छ ।

बिभिन्न सामाजिक संजाल मार्फत सार्बजनिक गरिएको उक्त कार्यक्रम वारे थप जानाकारी केहि दीनमा पत्रकार सम्मेलन गरी दिईने आयोजक नेपालीका लागी नेपाली  संस्थाले जनाएको छ ।कार्यक्रममा पछिल्लो समय निकै लोकप्रिय मानिएका पब्लिक स्पिकर बिजेता तथा स्पस्ट बक्ता रमेश प्रसाईलाइ समेत   कोरिया बोलाइएको आयोजकले जनाएको छ ।

बिशेष ख्याती प्राप्त कलाकारहरुमा आधुनिक पप गायक सुगम पोख्रेल , लोक दोहोरी गायक पशुपति शर्मा , लोक दोहोरी गायिका मन्जु पौडेल , बुगीवुगी रियालिटी सो कि बिजेता कबिता नेपाली ,उप बिजेता प्रगति पुन मगर , आधुनिक पप गायिका टिका प्रसाई , नेपाल आइडल सिजन २ का टप फाइब गायक  अमित बराल , हास्य कलाकार सुबोध गौतमलाइ कोरिया ल्याउने  तयारी भएको बताइएको छ ।

कार्यक्रमलाइ कोइन शट रेमिट्यान्सले मुख्य प्रायोजन गरेको छ भने , इ नाइन पे रेमिट , जीएमइ रेमिट ,स्टार रेमिट , हानपास रेमिट , , दर्शन नमस्ते रेस्टुरेन्ट , हेप्पिकुक रेस्टुरेन्ट , आगमन रेस्टुरेन्ट, अन्नपूर्ण रेस्टुरेन्ट, थेगु नेपाली सेल्टर , कुमारी भान्छा घर , छाल्लाबुक्दो नेपाली समाज  लगाएतले सह प्रायोजन गरेका छन्  ।

पछिल्लो समय कोरियामा अन्त्यन्तै आवस्यकताको रुपमा देखिएको आपतकालीन राहतकोष स्थापनार्थ कोरियाको बिभिन्न क्षेत्र बाट अभियान्ताहरु लागि परेका छन् । कोरियामा रहेका अधिकांस नेपालीलाई समेट्ने गरी आयोजना गरिएकोले कार्यक्रम ऐतिहासिक हुनेमा अभियान्ताहरु विश्वस्त छन ।

त्यस्तै कोरियामा रहेका संघ संस्था ,बुद्दिजीवी, पत्रकार , ब्यावासायीहरुलाई लगाएत सम्पूर्ण नेपाली हरुलाई यस महाभियानमा एकजुट हुन  अभियान्ताहरुले सामाजिक संजाल मार्फत अनुरोध समेत गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *