दक्षिण कोरियामा अत्यधिक गर्मी संगै सबैलाई सकस भएको छ।गर्मिकै कारण ५ जनाको मृत्यु भएको छ भने फर्मका ६ लाख ३० हजार पशुपन्छी समेत मरेका छ्न।
कोरियामा अप्रिल महिनादेखी सेप्टेम्बर सम्म गर्मी हुने गर्दछ भने अत्यधिक गर्मी जुलाई देखि अगस्ट सम्म हुने गर्दछ।यधपी गर्मी तथा जाडो अगाडिका र पछाडिका करिब २ महिनासम्म मौसम अनुकुल हुने गर्दछ। अक्टोबर देखि मार्चसम्म जाडो हुने समय हो भने अत्यधिक जाडो र हिउँ पर्ने समय अक्टोबर दोश्रो साता अथवा नोभेम्बर देखि मार्च दोश्रो सातासम्म हुने गर्दछ।
जाडोमा अत्यधिक हिउँ पर्ने कोरियामा गर्मीमा अधिकत्तम तापक्रम धेरै नदेखिएपनी गर्मिले अत्याएको हुन्छ।अहिले कोरियाको सौल क्षेत्रमा अधिकत्तम तापक्रम ३३ डिग्री सेल्सियस र न्युनतम तापक्रम २३ डिग्री सेल्सियस सम्म हुने गरेको छ।
तथापी गएका बर्षहरुका तुलनामा यो तापक्रम भने उच्च होइन।गतबर्ष उचित तापक्रम ३९ डिग्री सेल्सियस सम्म पुगेको थियो।यो बर्ष कोरियाको अधिकत्तम तापक्रम ३७° सेल्सियस पुग्ने मौसम पुर्वानुमान शाखाले बताएको छ।अत्यधिक गर्मी महशुस गरिएपनी कहिले ठूलो वर्षा र कहिले सिमसिम बर्षाले सितलता दिइरहेको छ।
कोरियामा गर्मी छ्ल्न सबै यातायातका साधनहरुमा एसि(AC) तथा हाते सानो पंखाको प्रयोग गरिएको हुन्छ भने सरकारले चिसो पानी छर्किने स्वचालित धारा-कुलो-छहरा र बाटोहरुमा ओतबस्ने टेन्टको समेत ब्यवस्था समेत गरेको छ।साथै सडक छेउमा एक्कासी ठुला बनाइएर ल्याइएका रुखहरु सारेर सरकारले सितलता दिने प्रयास समेत गरेको छ।
कोरिया नेपाल अनलाईन खबरबाट शाभार