सउल ,NRNA काेरियाकाे चुनाव नजिकिदै गर्दा विभिन्न ब्याक्तिहरूले विभिन्न पदमा अाफ्नाे उम्मेदवारी प्रस्तुत गरेका छन ।यसै बिचमा प्रदेश नं ३ काे महासचिब समेत रहेका राजेन्द्र दुलालले काेषाध्यक्ष पदमा अाफ्नाे उमेदवारि घाेषणा गरेका छन ।
उनले भनेका छन
कोरिया बासी नेपाली आदरणीय तपाइ सम्पुर्णमा नमस्कार।
यतिबेला एन आर एन ए कोरियाको अधिवेशनले एक खालको रौनक छाएको छ । अधिवेशन नजिकिदै गर्दा एकाएक उम्मेदवारी पनि घोषना हुँदै आइरहेका छन । यध्यपि बिगत कार्यसमिति प्रति आलोचना बाट मत्र नभइ अहिले सम्म भए गरेका कृयाकलाप हरुलाइ सुदृढ गर्दै सस्थालाइ कृयाशिल , ब्यबस्थित र पारदर्शी बनाउन एन आर एन ए कोरिया कार्यसमिति भित्रै रहेर विश्वासका साथ काम गर्ने उदेश्यले कोषाध्यक्षमा मेरो उम्मेदवारी रहनेछ ।
यहाँहरुको आजसम्मको माया र भोलिको दिनमा मैले दिलाउन सक्ने विश्वासलाइ साक्षि राखेर तपाइ कोरिया बासी नेपाली माझ साथ सद्भाब -सहयोगको अपेक्षा गर्दछु ।
निर्वाचनमा मैलेनै जित्नै पर्छ भन्ने धेय म सङ्ग छैन यदि म भन्दा कृयाशिल अग्रजहरु पनि कोरियामा हुनुहुन्छ । यदि उहाँ हरु आउनुहुन्छ भने पनि उहाहरुमा मेरो उत्तिकै सम्मान रहनेछ ।सहि समयमा आफ्नो मतको सहि सदुपयोग गर्नुहुनको लागि एन आर एन कोरियाको सदस्यता लिइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।