एनआरएनए कोरियालाई यहाँ आर्जन गरेको सिप र आर्थिकलाई नेपालमा स्थानान्तरण गर्ने मेडियटर संस्था बनाउन चाहन्छु

कोरिया समाचार

दक्षिण कोरियामा आगामी सेप्टेम्बरकालागि घोषित एनआरएनएको सातौँ अधिवेशनको चहल पहल सुरु भएको छ । विगतका वर्षहरुमा यहाँका नेपाली व्यवसायीहरु एनआरएनए कोरियाको अध्यक्षमा आकांक्षी रहँदै आएकोमा यो अधिवेसनमा भने कोरियामा लामो समयदेखी समाजिक क्षेत्रमा मात्रै सक्रीय एकजना व्यक्ति यज्ञराज सुवेदी पनि अध्यक्ष पदमा आकांक्षी देखिएका छन् । त्यसो त उक्त पदमा अन्य तीनजना व्यवसायीक व्यक्तिहरुले पनि आकांक्षीको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

कोरियामा एनआरएनए मजदुरहरुको संस्था नभएर विशुद्ध नेपाली व्यवसायीको मात्र संस्था भएको कतिपयको आरोप छ । संस्थाको विधानमा २ वर्ष भन्दा बढी सार्क मुलुक बाहिर बसोवास गरिरहेको नेपालीलाई एनआरएन मान्न सकिने उल्लेख छ । तर चुनावमा बाहेक अन्य समयमा आफुहरुलाई एनआरएनएको रुपमा नहेरिने गरेको यहाँका मजदुरहरु बताउँछन् । यसै सन्धर्वमा एनआरएनए कोरियामा विगतका वर्षहरुका अध्यक्षका आकांक्षीहरु भन्दा फरक पृष्ठभुमिका पात्र प्रस्तुत भएका छन् । उनै फरक पात्र यज्ञराज सुवेदीसँग शिव भुसालले गरेकाे कुराकानीको संपादीत अंश —

एनआरएनए कोरियाको लागि तपाईँ कै नेतृत्व किन ?

हामीले एनआरएनए कोरियामा विभिन्न किसिमका नेतृत्वहरु देख्यौँ । धेरै नेतृत्वहरुले संस्थालाई एउटा सिस्टममा राख्न र सहि ढंगबाट अगाडि लैजान सक्नुभएन । त्यस हिसाबले मैले लामो समयदेखि यहाँ रहेर विभिन्न किसीमका कामहरु गर्ने समाजिक संस्थाहरु स्थापना गर्ने र अरु सामाजिक संस्था हरु सँग सहकार्य गर्ने काम मा सक्रिय हुँदै आउको छु र केहि अनुभवहरु पनि संगालेको छु । टु दी प्वाईन्टमा भन्नुपर्दा यहाँ रहेका नेपालीहरुले सिकेका सिप र आर्जन गरेको पूँजी लाई नेपालमा सहि तरिकाले स्थानान्तरण गर्न र माइग्रेंटहरुलाई आफ्नो देश मा पुनः स्थापना गर्ने कामको मेडियटर संस्था एनआरएनए हो भन्ने स्थापित गराउन नै मेरो नेतृत्वको दावी हो । बिशेष गरेर मैले बिगत १५ बर्ष देखि कोरियामा भएका नेपाली मजदूरहरुकोलागि गरेका बिभिन्न अभियानहरु एन आर एन को चेन मा गर्ने मेरो योजना पनि हो ।

अन्य दुई व्यवसायीक व्यक्तिहरु आउँदा र तपाईँ आउँदा यहाँका नेपालीलाई के फरक पर्छ ?

अरु साथिहरुले कस्ता योजनाहरु ल्याउनुभएको छ, त्यो त म अध्ययन गर्ने अवसर पाएको छैन् । उहाँहरु पनि संस्थालाई हित हुने योजनाहरु नै ल्याउनुभएको होला । यसमा म उहाँहरुसँग तुलना गर्न चाहन्न । तर उहाँहरु र म मा पृष्ठभुमि भने फरक छ । मेरो पृष्ठभुमि हेर्नुभयो भने म अहिलेसम्म सामाजिक अभियानका रुपमा नेपालीहरुका दैनकी आईपर्ने समस्याहरुमा सहयोगका कार्यक्रमहरु गर्दै आएको छु, नेपालीहरुलाई केहि नयाँ कुुरा दिन लागिरहेको छु भने उहाँहरुको मुख्य व्याकग्राउण्ड व्यापारिक हो । कोरियामा यहाँको सरकारसँग समन्वय गरेर आप्रवासी नेपालीहरुका समस्या समाधानमा मेरो नेतृत्वले एक किसिमको महत्वपुर्ण भुमिका खेल्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

तपाईँ यस अघि पनि उक्त पदमा आकांक्षी देखिनुभएको थियो । अन्तीममा आएर उमेद्वारी फिर्ता लिनुभयो, तपाईँका शुभचिन्तकहरु अझैपनि विस्वस्त छैनन नी ?

मैले यसअघि पनि एक पटक उमेद्वारी घोषणा गरेको थिएँ । एनआर एनमा गएर नेपाल सरकार र नेपाली जनताले आशा गरे जस्तो संस्था बनाउने भन्ने नै मेरो उद्देश्यले थियो र हो । तर तात्कालिन अवस्थामा उमेद्वार साथिहरुको बीचमा एक किसीमको सहमति हुन पुग्यो भने अर्कोतीर केहि बैधानिक कठिनाईहरु पनि त्यतिखेर मैले महशुस गरेको थिएँ । हामीले विधानलाई मान्छौँ भनेर भनिरहँदाखेरी विधानले दिएका सिमाभित्र बसेर काम गर्नुपर्ने हुन्छ । र त्यहाँका सिमाहरु मलाई बाधक हुन्छ भनेर एन आर एन अगुवाहरुले भन्नु भएका कारणले गर्दाखेरी मैले एक किसिमको सम्झौता गरेर ब्याक भएको थिएँ । तर अब म व्यक्तिगत रुपमा अहिले कोरियाको एउटा राजनैतिक पार्टिमा पनि सहभागि भईरहेको र कोरियाको कानून मंत्रालयमा दर्ता भएको सामाजिक संस्थाको प्रमुख भई बैधानिक रुपमा आफुलाई सामाजिक संस्थाको नेतृत्व लीन अफ्ठेरो नपर्ने बनाएको छु अर्थात त्यतिबेलाका मेरा बाधक बनेका सिमाहरुलाई अहिले समाधान गरेर अगाडि बढेको छु । अब स्वतन्त्र रुपमा समाजिक कार्य गर्नकालागि म आफुलाई तयारी पारेर फेरि आएको छु र पहिलाको जस्तो म कसैसँग समझौता गर्ने र अथवा कुनै सर्तहरुमा व्याक हुनकालागि तयारी गरेर आएको छैन् । म अन्तीम अवस्था सम्म नेतृत्व लिएर एन आरएनलाई एउटा सामाजिक संस्थाको रुपमा विकाश गर्ने भनेर आएको छु । त्यसकोलागि ढुक्क भएर मलाई सहयोग गरिदिनुहुन म अनुरोध गर्दछु ।

एनआरएनए कोरियाको नेतृत्व तपाईँको हातमा आए गर्ने काममा तपाईँका प्राथमिकता के के छन् रु बुँदागत रुपमा ।

मैले एक दुइ तीन भनेर भन्नु भन्दा पनि संस्था लाई ब्यवस्थित र बैधानिक बनाउनु मेरो प्रमुख उधेश्य हुन्छ । कुनै पनि संस्था लाई बैधनिक बनाउन त्यो संस्थाले विगत एक बर्ष सम्म आफ्नो योजना कसरी बनायो र त्यो योजना लाई कसरी कति सम्म पुरा गर्यो रु भन्ने मूल्यांकन गरेर मात्र सम्बन्धीत मन्त्रालय ले स्वीकृत दिन्छ । त्यसको लागि सउलमा एक केन्द्रीय कार्यलयको स्थापना गरी नेपाली मजदुरहरुलाई सिप, व्यवसायिक तालिम पुँजीको लगानीबारे स्टार्टअप तालीम को ब्यावस्था गर्दै दैनिक समस्या समाधनको लागि नेपाली दूतावास, स्थानीय ममाइग्रेंट सेन्टर, र एन आर एनए क्षेत्रिय कमिटीहरुको बीचमा नेटवर्क बनाई समस्या कलेक्सन र समाधनकोलागि पहल गर्ने र मानवआधिकारवादी वकीलहरुको संस्था “प्रजातान्त्रकोलागि वकीलहरुको महासंघ“ जस्ता संस्थाहरु सँग एमओयु सँग समन्वय गरी कानूनी सहयोग गर्ने, जुन अहिले पनि हामीले स्थानीय रुपमा गरिरहेको छ ।
विशेष गरेर नेपालीहरुको स्वास्थ समस्यामा सहयोग गर्न कोरियास्थित नेपाली डाक्टरहरुसँगको नेटवर्क र क्षेत्रीय स्तरका भाषा अनुवादक स्वयंसेवीहरु तयार गरिने र भिडियो कल सिस्टमको आधारमा नेपाली डाक्टरहरुको सेवा लिन पहल गर्ने योजना छ । त्यसकालागी परीक्षण पनि भईसकेको छ । जून काम मैले किम्हे माइग्रेंट हाउसबाट गर्ने बिचारमा थिएँ तर एन आर एन को व्यानरमा गर्न पाए झन असल हुने निर्णय मा पुगेको छु ।
त्यस्तै नेपाली मुलका कोरियन र उनीहरुको परिवारलाई नेपाल र नेपाली भाषा संस्कृति सिकाउने र नेपाली उद्योगपति र कोरियन उद्योगपतिहरुको बीचमा नेपाल उद्योग बणिज्य महाशंघ र कोरिया उद्योग बणिज्य महाशंघको बीचमा भ्रमणहरु गराई लगानी र पर्यटन को विकाशमा सहयोग गर्ने जुन काम पनि मैले स्थस्नीय स्तरमा गरिरहेको हो । साथै हाल कोरियाका स्थानीय निकाय मा सत्तारूढ दल को राम्रो पकड़ भएकोले नेपाल र कोरियाका स्थानीय निकाय बीच को सम्बन्ध जोड़ने काममा मेरो प्राथमिकता रहने छ ।

यसअघि एनआरएनएमा नजाने बताउनुभएको थियो । एनआरएन प्रति तपाईँका असन्तुष्टिहरु के के थिए रु त्यहाँ पुगेपछि ती असन्तुष्टिहरु समाधान गर्ने आधार के ?

मैले एनआरएन अभियानलाई एउटा सफल अभियानको रुपमा हेरेको थिएँ तर संस्थामा विधानमा भएका कुराहरु र व्यवहारमा लागु गर्ने कुराहरुमा धेरै फरक पाएर मैले असन्तुष्टि जाहेर गर्दै आएको थिएँ । मैले विगतका दुई कार्यकालमा नै आईसिसी लगायतका एनआरएनका विभिन्न निकायहरुमा मेरा असन्तुष्टि लिखित रुपमा उजुरी गरेको थिएँ । तरपनि अहिलेसम्म त्यसको केहि उत्तर आएको छैन र ती असन्तुष्टिहरु मेरा कायमै छन् । अहिले यति हुँदाहुँदै पनि म आउनुको कारण के हो त भन्दाखेरी अब आउने एनआरएनएलाई मैले कोरियाको सरकारी नियम अन्तर्गत दर्ता गरेर त्यस्ता खालका अनियमितताहरु भएका रहेछन भने हामिले कोरियन सरकारमा नै कानुनी प्रस्नहरु गरेर मात्रै एनआरएनए सुधारमा आउन सक्छ भन्ने निर्केयोल निकालेर नै उमेद्वारीको घोषणा गरेको हुँ । अहिलेपनि आईसिसीबाट समस्याको समाधान हुने म देख्दिन तरपनि एनआरएनए कोरियालाई सबैको महत्वपुर्ण संस्था बनाउन मेरो भुमिका रहने छ ।

६। अन्त्यमा के भन्न चाहनुहुन्छ ?

यो बाहेक यो सस्थाले गर्नु पर्ने काम हरु बारे सार्बजनिक राय संकलन गरिने र योजना हरुलाई कार्यान्वयन गर्नकोलागि कोरिया स्थित नेपालीहरुले एन आर एन को सक्रिय सदस्य भईदिनु हुन र यो पटक मलाई एन आर एन को नाम मा काम गर्ने अबसर दिनु हुन र यदि हामीले कमी कमजोरी गरेपनि तपाईहरुले संबन्धित निकायमा उजुरी गर्न पाउने अधिकार सुरक्षित गर्दीनु हुन हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *